दर्पण संवाददाता
चरिकोट १५
गोरु काटि रहेको अबस्थामा दोलखामा दुई जना पक्राउ परेका छ्न ।
भाद्र १४ गते बेलुका गोरु काटी रहेको अबस्थामा प्रहरीले दुई जनालाइ पक्राउ गरेको हो । तामाकोशी गाउँपालिका वडा नम्बर ७ हावामा गोरु कट्दै गर्दा जिरी नगरपालिका ९ खोल्मे बस्ने ३१ वर्षीय पोश बहादुर तामाङ र तामाकोसी गापा ७ का लक्ष्मण नेपालीलाई पक्राउ गरेको हो । घरमुनी गोरु काटि रहेको भन्ने सुचनाको अधारमा जादा गोरु काटी रहेको अबस्थामा दुई जनालाइ पक्राउ गरेको प्रहरी निरीक्षक रुक्सा बज्राचार्यले जानकारी दिनु भयो । दुबै थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।