गैरिशंकर सामुदायिक पुस्तकालयद्धारा क्षत्रपाको लागि स्वास्थ्य सामग्री सहयोग

दर्पण संवाददाता
चरीकोट
दोलखाको क्षत्रपामा फैलिदै गएको कोरोना महामरी रोकथाम तथा नियन्त्रणका लागि गैरिशंकर सामुदायिक पुस्तकालयले स्वास्थ्य सामग्री सहयोय गरेको छ ।

गैरिशंकर सामुदायिक पुस्तकालयका अध्यक्ष कृष्ण वस्नेतले स्वास्थ्य सुरक्षाको लागि आवश्यक पर्ने मास्क सेनिटाइजर लगाएतका स्वास्थ्य सामग्री प्रदान गर्नु भएको हो । प्राप्त स्वास्थ्य सामग्री आजै वैतेश्वर गाउँपालिका वडा नम्वर ८ वडा कार्यालयलाई उपलब्ध गराइएको छ । समुदाय स्तरमानै कोरोना संक्रमण फैलिए पछि स्थानियहरु त्रासित वनेका छन् । केहि दिन अघि काठमाण्डौ बाट आएका केहि व्यक्तिमा कोरोना देखा परे पछि १६ जनाको स्वाव संकलन गरी परिक्षण गर्दा सोमबार १४ जनामा कोरोना देखा परेको थियो ।

समुदाय स्ततरमा नै कोरोना फैलिए पछि स्वास्थ्य सामग्रीको अभाव भएको र स्वास्थ्य सामग्री सहयोग संकलन गरिएको हो । कोरोना रोकथाम तथा नियन्त्रणका लागि यूवाहरुले सहयोगको लागि आह्वान गरेको छ ।