गैरिशंकर गापा सुरीमा अक्सिजन सहित आइसोलेसन निर्माण


दर्पण संवाददाता
सुरी , दोलखाको गैरिशंकर गाउँपालिकाले पालिकाको वडा नम्वर ५ सुरीमा अक्सिजन सहितको आइसोलेन निर्माण गरेको छ ।
गाउँपालिकाले हेलेश्वर माध्यमिक विद्यालयमा अक्सिजन सहित आइसोलेसन निर्माण गरेको गाउँपालिकाले जनाएको छ ।

जिल्लामा कोरोना संक्रमणको दर वृद्धि हुँदै गए पछि संभावित जोखिमलाई मध्यनजर गरी अक्सिजन सहित ७ वेडको आइसोलेसन निर्माण गरिएको हो । जिल्लाको कोभिड अस्पतालहरुमा विरामीले भरिदै गएको र अक्सिजनको समेत अभाव हुन लागेका समयमा आउन सक्ने जोखिमलाई मध्यनजर गरी अक्सिजन सहित आइसोलेसन निर्माण गरिएको हो ।
पहिलो चरणको कोरोना गैरिशंकर गाउँपालिकामा व्यापक मात्रमा देखिएता पनि हाल दोस्रो चरणको संक्रमण खासै देखिएको छैन् । परिक्षण गरिएकाहरु मध्ये हाल सम्म गाउँपालिका भित्र १४ जनामा मात्र कोरोना देखा परको छ । पालिकाको मार्वुमा निर्माणधिन जलविधुत आयोजनामा कार्यरत मजदुरहरु भारत बाट आएका कारण मार्वुमा कोरोना देखिएता पनि अन्य क्षत्रमा देखिएको छैन् । सुरी प्राथमिक स्वास्थ्य केन्द्र नजिकै रहेको र प्रत्यक्ष डाक्टरको निगरानीमा रहेने हुँदा सहज हुने अपेक्षा गरिएको छ ।