दोलखा वैशाख १३ दोलखाको तामाकोशी गाउपालिका वडा न ७ स्थित अम्बिका आधारभुत विद्यालयको ६ कोठे पक्की भवन हस्तान्तरण गरिएको छ ।
इकार्डस दोलखा र एक्सन एडको साझेदारीमा १ करोड २८ लाखको लागतमा निर्माण गरिएको बालमैत्री र अपाङमैत्री ६ कोठे भुकम्प प्रतिरोधी विद्यालय भवन एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो । सदरमुकाम चरिकोटबाट ६० किलोमिटर टाढा सुनुवार समुदायको बसोबास रहेको र सुनुवार बालबालिकाको बाहुल्यता उक्त विद्यालयमा पक्की भवन निर्माण गरिदिएपछि बालबालिकाहरुको अस्थायी टहरामा बसेर पढनुपर्ने बाध्यता हटेको छ । समुदायको अगुवाईमा सामुदायिक पुननिर्माण कार्यक्रम अन्तगर्त निमित्त एक्सन एड नेपालको सहयोग र इकार्डस दोलखाको समन्वयमा भुकम्प प्रतिरोधी विद्यालय भवनको आज एक समारोहका बीच पुर्व सस्कृत, पर्यटन तथा नागरिक उडयन मन्त्री आनन्दप्रसाद पोखरेलले वडा अध्यक्ष लेखबहादुर सुनुवारलाई हस्तान्तरण गर्नुभयो ।
करिब ३ वर्ष कष्टका साथ अस्थायी टहरोमा पढदै आएका यस विद्यालयका बालबालिकाले अब भने सुविधा सम्पन्न भवनमा बसेर पढन पाएका छन । बैशाख १२, १३ र २९ गतेको भुकम्पले सो विद्यालय भग्नावेशमा परिणत भएको थियो । विद्यालय भवन भत्किएपछि समुदायकै आग्रहमा एक्सन एडको सहयोगमा इकार्डस दोलखाले सो स्थानमा विद्यालय भवन निर्माण गरिदिएको हो ।
हस्तान्तरण कार्यक्रममा बोल्नुहुदै सस्कृत, पर्यटन तथा नागरिक उडयन मन्त्री आनन्दप्रसाद पोखरेलले अब विकास गर्नका लागी स्थानीय तहमा जनप्रतिनिधी निर्वाचित भएर आएकाले अबको गैरसरकारी संस्था र गाउपालिका एउटै ढुङाको सहयात्री रुपमा अगाडी बढन आवश्यक रहेको बताउनुभयो । शिक्षक अभिभावक संघका अध्यक्ष तीर्थराज ढुङगेलको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष लेखबहादुर सुनुवार, मेलुङ गाउपालिका वडा नम्बर ३ का अध्यक्ष हिरा थोकर ,एक्सन एड नेपालका नकुल थापा, इकार्डस दोलखाका अध्यक्ष धर्मेन्द्र मोक्तान, विद्यालय प्रधानाधयापक यज्ञराज केसी लगायतले मन्तव्य राख्नुभएको थियो ।