गायिका लक्ष्मी मल्ल र बिनोद बिसीको ‘भ्वाइफ़्रेण्ड चाहियो ’ बोलको नयाँ तिज गीत बजारमा (भिडियो सहित)

दर्पण संवाददाता
साउन ३०, नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा तीज सम्बन्धी विभिन्न गीतहरु सार्वजनिक हुने क्रम चलिरहेको छ ।

विगतका वर्षहरुमा झै यो वर्ष पनि विभिन्न लय तथा शब्दका तीज गीतहरु धमाधम बजारमा ल्याउन गायक,गायिकाहरु यतिबेला अति नै व्यस्त हुन थालेका छन् । तीजकै अवसर पारेर गायिका लक्ष्मी मल्ल र बिनोद बिसीले पनि ‘भ्वाइफ़्रेण्ड चाहियो ’ बोलको नयाँ गीत बजारमा ल्याएक छन् । यस गीतमा लक्ष्मी मल्ल संगै बिनोद बिसी को मिठो आवाज सुन्न सकिन्छ युनिक भोजराज बिकको शब्द लयमा तयार पारिएको भिडियो लाइ बिक्रम चौहान ले निर्देशन गरेका हुन् भने प्रकाश खड्का ले छायांकन गरेका हुन् । भिडियोमा इन्द्र , टिका , संजिव , सहिसा जस्ता कलाकार हरुको अभिनय तथा नृत्य देख्न सकिन्छ ।
हेर्नुस भिडियो