गतल अभियोग लगाइएका सांसद पार्वत गुरुङलाई अदालतको सफाई

दर्पण संवाददाता
चरिकोट, कार्तिक ३
गतल अभियोग लगाई ज्यान मार्ने उद्योगमा मुदा लागाइएका प्रतिनिधिसभा सदस्य तथा सत्तारुढ नेकपाका नेता पार्वत गुरुङलाई जिल्ला अदालत काठमाडौंले साधरण तारेखमा रिहा गरेको छ ।

अदालतमा दायर गरेको मुद्दामा दोषि प्रमानित हुन नसक्ने देखेपछि साधरण तारेखमा रिहा गर्न आदेश दिएको हो । राजनीतिक पूर्वाग्रहका आधारमा ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएकै आधारमा प्रहरीले मुद्दा दर्ता गरी आफ्नो नाममा पूर्जी आएपछि सांसद गुरुङ आज जिल्ला अदालत काठमाडौंमा हाजिर हुनुभएको थियो ।

ज्यान मार्ने उद्योग गरेको आरोपमा गुपचुपमै अदालतमा मुद्दा दायर भई अदालतबाट पूर्जी जारी भएपछि दोलखाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गुरुङ आज जिल्ला अदालत काठमाडौंमा हाजिर हुनुभएको हो । अदालतमा बयान र थुनछेक बहशपछि न्यायाधीश पुणेश्वरप्रसाद उपाध्यायको एकल इजलासले सांसद गुरुङलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । बहशका क्रममा सवै कानून ब्यवसायीले पूर्वाग्रह साँध्न किटानी जाहेरी दिई हदम्याद नाघेपछि अदालतमा मुद्दा दर्ता भएको भन्दै खारेज हुनुपर्ने माग गर्नुभएको थियो ।