गजेन्द्र स्मृति फाउन्डेसनद्वारा बाबरेमा सार्वजनिक खानेपानी धाराको निर्माण

दर्पण संवाददाता
बाबरे, १४ चैत : दोलखाको कालिन्चोक गाउँपालिका वडा नम्बर २ बाबरेको कुसावतिमा गजेन्द्र स्मृति फाउन्डेसन नेपालले पिउने पानीको लागि सार्वजनिक धाराको निर्माण गरि समुदायलाइ हस्तान्तरण गरेको छ ।
फाउन्डेसनले समुदायका नागरिकहरुलाइ लक्षित गरि निर्माण गरेको सार्वजनिक खानेपानि धाराको निर्माण कार्य सम्पन्न गरि जिल्ला समन्वय समिती दोलखाका प्रमुख डबल पाण्डेले उदघाटन गरि समुदायलाइ हस्तान्तरण गर्नु भएको हो । दोलखाको बाबरेमा जन्मनु भइ ब्यवसाय गर्दै आउनुभएका समाजसेवी तथा गजेन्द्र स्मृति फाउन्डेसन नेपालका अध्यक्ष ओम कुमार श्रेष्ठले आफ्नो स्व: हजुरबुबा धन बहादुर श्रेष्ठ, स्व: हजुरमुमा बिष्णुमाया श्रेष्ठ तथा स्व: बुवा गजेन्द्र श्रेष्ठको सम्झनामा सार्वजनिक खानेपानीको धारा निर्माण गरेको बताउनु भयो । समुदायहरुमा पुरानो ढुङ्गाको धाराहरु लोप हुँदै गएको , सार्वजनिक धाराहरु न भएको हुदा करिब ३ लाखको लागतमा धाराको निर्माण गरेको अध्यक्ष श्रेष्ठले बताउनु भयो । धारा उदघाटन गर्नु हुँदै जिसस प्रमुख पाण्डेले फाउन्डेसनले समुदायको समस्या पहिचान गरि समुदायको लागि धारा निर्माण गरि दिएको र तेस्को संरक्षण गर्नुपने समुदायकै जिम्मेवार भएकोले सबैले संरक्षण गर्न आग्रह गर्नु भयो । पानीको मुहान सुक्दै गएकोले धारा निर्माण संगै मुहान परिसरमा बृक्षरोपन गरिएको छ । समुदायलाई लक्षित गरि निर्माण गरिएको धाराले पिउने पानीको लागि उक्त समुदायका   नागरिकहरुलाइ सहज भएको छ ।