खारे पहिरोमा मत्यु भएका शिवाकोटीको परिवारलाई मन्त्री गुरुङद्धारा १५ हजार सहयोग, बालवच्चाको पठनपाठन गराउने प्रतिवद्धता

दर्पण संवाददाता
चरिकोट, साउन २५

दोलखाको उत्तरी क्षेत्र गौरिशंकर गाउँपालि वडा नम्वर ८ खारेको टुइन्टारमा गएको पहिरोमा परि ज्यान गएको शिवाकोटीको परिवारलाई महिला तथा बालबालिका मन्त्रि पार्वत गुरुङले आर्थिक सहयोग गर्नु भएको छ ।

पहिरो निरिक्षणका लागि दोलखा आउनु भएका मन्त्रि गुरुङले मृतकका परिवारलाई १५ हजार नगद सहयोग गर्नु भएको हो । गत विहिवार बेलेका परेको अविरल वर्षका कारण आएको पहिरोमा परि गौरिशंकर गाउँपालिका वडा नम्वर ८ खारेको टुइन्टारमा आएको पहिरोमा परि दोलखा कालिन्चोक गाउँपालिका वडा नम्वर ७ निवासी ३० वर्षिय सुरेस शिवाकोटीको ज्यान गएको थियो । मन्त्री गुरुङले मृतकका १५ महिने छोरी अनुस्का शिवाकोटीलाई शिक्षाको जिम्मा लिनु भएको छ । मृतकका श्रीमती इन्दिरा कार्की शिवाकोटी लाई समेत रोजगारीको व्यवस्था मिलाउने र बालबच्चाको पठनपाठनको जिम्मा आफुले लिने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । मन्त्रि गुरुङले परिवार संग टेलिफोन संवाद गर्नु हुँदै परिवारमा समवेदना व्यक्त गर्नु भएको छ । मन्त्रि गुरुङले प्रदान गर्नु भएको रकम गाउँपालिका अध्यक्ष स्वयम बहादुर खड्काले आजै परिवारलाई हस्ताणतरण गर्नु भएको छ ।