खारेमा निर्मित नेपाल टेलिकमको मोवाइल टावर संचालनमा, उत्तरी क्षेत्रका नागरीक प्रत्यक्ष लाभवन्वीत

चरिकोट, १४ फागुन

दोलखाको दुर्गम उत्तरी क्षेत्र गौरिशंकर गाँउपालिकाको खारेमा निर्माण गरिएको नेपाल टेलिकमको मोवाइल टावर संचालनमा आएको छ ।

उत्तरी क्षेत्रलाई लक्षित गरी निर्माण गरिएको टावर सोमबार प्रतिनिधी सभा सदस्य पार्वत गुरुङले उद्घाटन गर्नु भएको हो । खारेको टुटानमा निर्माण गरिएको मोवाइल टावर संचालनमा आए संगै उत्तरी क्षेत्र प्रत्यक्ष लाभन्ववीत हुनका साथै जिल्लाको सवै ठाउमा नेपाल टेलिकमको दुरसंचार सेवा पुगेको हो ।

गौरीशंकर गाउँपालिकाको खारेडाँडामा नेपाल टेलिकमको मोबाइल टावर सञ्चालन गरिएपछि त्यसबाट गौरीशंकर गाउँपालिकाकै खारे, चंखु, मार्बू, सुरी, गैरिशंकर र विगु गाउँपालिकाको साविकका लामाबगर, ओराङ, बुलुङ र लादुक गाविसमा मोबाइल सेवा सञ्चालन भएको नेपाल टेलिकम दोलखाका प्रमुख श्याममणि अर्यालले जानकारी दिए । आन्तरीक तथा वाह्य पर्याटकको आकर्षणको केन्द्र रहेको उत्तरी क्षेत्रमा आउने पर्याटकहरुलाई समेत सहज भएको उहाँले बताउनु भयो ।

दोलखामा अहिले नेपाल टेलिकमका मात्रै करिब एक लाख २५ हजार मोबाइल प्रयोगकर्ता रहेका छन भने चरिकोट, दोलखा, जिरी, मैनापोखरी, सिँगटी, लामाबगर, मागादेउराली लगायतको ठाउँहरुमा गरी करिब २ हजार ल्याण्डलाइन टेलिफोन सेवा समेत सञ्चालनमा रहेको टेलिकम दोलखाका प्रमुख अर्यालले जानकारी दिए ।

टावर उद्घाटन पछि संचालनमा आएको भन्दै खारे वासीको लागि टेलिकमले निशुल्क सिम समेत वितरण थियो