चरिकोट, साउन १९/ रञ्जितकुमार पाठक सन्तोष को अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गर्दै क्षेत्रिय होटल संघ दोलखाको दोस्रो जिल्ला अधिवेशन आज चरिकोटमा सम्पन्न भएको छ ।
दोस्रो अधिवेशनबाट समितिको उपाध्यक्षमा सिताराम घिमिरे, सचिव प्रकाश बुढाथोकी र कोषाध्यक्ष सदिववावु श्रेष्ठ चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा रिवनबहादुर वस्नेत, पुष्करकुमार अधिकारी, शन्तवीर तामाङ, रोशन श्रेष्ठ, गणेशबिक्रम शाहि, नविना तामाङ गोले, निमा शेर्पा र पुष्कर वस्नेत रहेका छन् ।
भिमेश्वर नगरपालिकाका मेयर भरत बहादुर केसीले कार्यक्रमको उद्घाटन गर्नुहुँदै होटल व्यवसायीले पर्यटकलाई गने व्यवहार बाट दोलखाको पर्यटन भविष्य निर्धारण गर्ने हुँदा पर्यटकलाई सम्मानपुर्वक व्यहवार गर्न होटल व्यवसायीलाई आग्रह गर्नु भयो ।
दोलखामा आन्तरिक एवं बाह्य पर्यटकको राम्रो सम्भावना भएको र दोलखाको पर्यटन विकासमा होटल व्यवसायीको महत्वपुर्ण भूमिका हुने बताउनु भयो ।
कार्यक्रममा शुभकामना मन्तव्य ब्यक्त गर्नुहुँदै प्रहरी नायव उपरीक्षक बासुदेव पाठकले पर्यटकीय नगरी दोलखामा अधिक पर्यटक भित्राउन सुरक्षाको पूर्ण प्रत्याभूत गरिने पनि बताए । अहिले पर्यटकको लागि पोखरा र चितवन पछि दोलखाको नाम लिईन्छ अब दोलखा पछि पोखरा र चितवन भन्ने बनाउनु पर्छ – प्रहरी नायव उपरीक्षक पाठकले भने ।
क्षेत्रिय होटल संघ दोलखाका अध्यक्ष सुन्दर कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष जीवन लामा, दोलखा उद्योग बाणिज्य संघका उपाध्यक्ष दिनेश वस्नेत लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।