क्षत्रपाको वडा अध्यक्ष शान्त जिरेलद्धारा पदभार ग्रहण, जेष्ठ नागरिकलाई हरलिक्स वितरण

जेठ १३
वैतेश्वर गाउँपालिका वडा नम्वर ८ क्षत्रपाको वडा अध्यक्षमा निर्वाचित शान्त बहादुर जिरेलले आज अध्यक्षको पदभार ग्रहण गर्नुभएको छ ।
वैशाख ३० गतेको स्थानिय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट वडा अध्यक्षमा निर्वाचित हुनुभएको शान्त जिरेलले जेष्ठ नागरिकहरुलाई हरलिक्स वितरण गर्दै पदभार ग्रहण गर्नुभएको हो । वडा कार्यलयमा आयोजित पदभारग्रहण कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै अध्यक्ष जिरेलले क्षत्रपा वासी नागरिकहरुका लागि वडा कार्यालयबाट प्रदान गरिने सेवा सहज रुपमा लिन सकिने व्यवस्था गरिनुका साथै कुनै पक्षपात नगरी क्षत्रपा वासीहरुको हितमा आफुले काम गर्ने बताउनुभयो । सवैको साथ सहयोग र सहकार्यमा मात्र क्षत्रपाकको विकास संभव रहेकोले सवै मिलेर काम गर्नुपर्ने बताउनुभयो ।

वडा कार्यालयमा आयोजित एक कार्यक्रममा क्षत्रपाकका पुर्व अध्यक्ष रमेश अधिकारी सहित सदस्यहरुलाई विदाई गरिएको छ । वडा कार्यालयमा पाँत वर्षको अवधिमा गर्नुभएकको योग्दानको कदर गर्दै मायाको चिनो प्रदान गर्दै पुर्व अध्यक्ष र सदस्यहरुलाई विदाई गरिएको हो । पदभार ग्रहणको अवसरमा वैतेश्वर गाउँपालिका वडा नम्वर ८ क्षत्रपाका जेष्ठ नागरिकहरुलाई पौष्टिक अहार हरलिक्स वितरण गरिएको छ ।
वैशाख ३० गतेको स्थानिय तहको निर्वाचनमा वैतेश्वर ८ क्षत्रपामा नेकपा माओवादी र नेपाली काङग्रेसलाई पराजित गर्दै ५४० मत सहित नेकपा एमालेको तर्फबाट शान्त जिरेल वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।