दर्पण संवाददाता
चरिकोट, ११ चौत्र
दोलखाको जिरी नगरपालिकाले कोरोना भाइरसको रोकथापका लागि जिरी अस्पतालमा चार वेडको आइसोलेनन कक्ष तयार गरेको छ ।
विश्वमा फैलिरहेको कोरोना भाइरसबाट हुनसक्ने विरामीहरुलाई लक्षित गरी जिरी बजारमा रहेको जिरी अस्पतालमा आइसोलेनको निर्माण गरेको नगरपालिका प्रमुख टंक जिरेलले बताउनु भयो । नगरपालिकाले आइसोलेसनमा आवश्यक पर्ने औषधी उपकरण तथा सुरक्षित सामग्री सहित डाक्टरको टोली तयारी अवस्थामा राखिएको प्रमुख जिरेलले बताउनु भयो ।
आज देखि अति आवश्य सेवा वाहेक सवै काम ठप्प रहेको नगरपालिका भित्र स्वास्थ्य संस्थाहरु भने सवै नियमित संचालनमा रहेको र नगरपालिका भित्र विभिन्न वडाहरुमा ५० जना स्वास्थ्य कर्मीहरु परिचालन गरीएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पृथ जिरेलले बताउनु भयो । नगरपालिकाको सवै वडाहरुमा कोरोनाको विषयमा जनचेतना जगाउन स्वास्थ्य कर्मीहरु परिचालन गरिएको र आवश्यक परेमा थप स्वस्थ्य कर्मी समते करारमा लिन सकिने उहाँले बताउनु भयो ।
नगरपालिकाले जिरी प्राविधीक शिक्षालयको छात्रावासमा ५० वेडको क्वारेन्टाई वनाएको छ । प्राविधीक शिक्षालयको सवै विधार्थीहरु छुटीमा रहेकाकारण छात्रवासलाई क्वारेन्टाईनको रुपमा प्रायोग गरिएको नगरपालिकाले जनाएको छ । नगरभित्रका सवै वडाहरुमा कोरोनाको वारेमा जानकारी गराउन तथा सावन पानीले हात धुन, सेनेटाइजरको प्रयोग गराउनका लागि स्वास्थ्य कर्मीहरु लागी परेको छ । कोरोना सम्वन्धी केही लक्षण देखा परेमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्नका लागी समेत जिरी नगरपालिकाले अनुरोध गरेको छ ।