दर्पण संवाददाता
नोभल कोरोना भाइरसको नियन्त्रणका लागि जनचेतना फैलाउने अभियानमा अन्तर्गत आज गौरीशंकर गाउपालिकाले विभिन्न स्वस्थ्य संस्थाको अनुगमन गर्नुका साथै स्वास्थ सामग्री बितरण गरेको छ ।
गाउँपालिका अध्यक्ष स्वोयम बहादुर खड्काको टोलिले पालिकाको वाड न १, २, ३ र ४ का स्वास्थ्य संस्थाको अबलोकन तथा स्वास्थ संस्थाको लागि आवश्यक पर्ने स्वास्थ सामग्री बितरण गरेको छ । स्वास्थ संस्थाको अबस्था र कोरोना नियन्त्रणका लागि संचालन भएको संचालन भएको जनचेतना अभियानको बारेमा अनुगमन गरिएको स्वास्थ शाखा प्रमुख वसन्त रेग्मीले बताउनु भयो । गाउपालिकाले स्वास्थ संस्थाको लागि आवश्यक पर्ने मास्क , सेनिटाइजर, पि.पि.इ सेट, गाउन लगायत सामाग्री हस्तान्तरण गरेको छ । कोरोना नियन्त्रणका लाई गाउपालिकाले जनचेतना मुलक अभियान संचालन गरेको र हरेक स्वास्थ संस्थमा औषधि उपकरन सहितको स्वास्थ्यकर्मी बिदाको समयमा समेत उपलब्ध रहेको गाउंपालिका उपप्रमुख उर्मिला थामिले बताउनु भयो ।
अनुगमनमा गाउपालिका अध्यक्ष श्री सोयम बहादुर खड्का ,उपाध्यक्ष उर्मिला थामी, प्रमुख प्रशासकिय अधिकृत प्रदिप कुमार खड्का , वडा अध्यक्षहरु ,स्वास्थ्य शाखा प्रमुख , शिक्षा शाखा प्रमुख तथा प्रहरीको टोलि सहभागी रहेको थियो ।