कोरोनाले मृत्यु भएका फस्कुका वडा अध्यक्ष लामाको बौद्ध संस्कार अनुसार पशुपती आर्याघाटमा अन्तेष्टी

दर्पण संवाददाता
चरिकोट, मंसिर ३०

कोरोना भाइसरका कारण निधन भएका दोलखाको शैलुङ गाउँपालिका वडा नम्वर ७ का वडा अध्यक्ष धावा वाङगेल लामाको आज वौद्ध धर्म संस्कार अनुसार पशुपती आर्याघाटमा दहासंस्कार गरिएको छ ।

कारोना भइसरका कारण सोमवार दिउँसो निधन भएका वडा अध्यक्ष लामाको आज पशुपती आर्यघाटमा विधुतीय सवदाह गृहमा दाहसंस्कार गरिएको परिवारले जनाएको छ । नेपाल कम्यूनिष्ट पाटी एमालेबाट दोलखाको शैलुङ गाउँपालिका वडा नम्वर ७ फस्कुमा निर्वाचित वडा अध्यक्ष लामाको काठमाण्डौ स्थित किष्ट अस्पतालमा उपचारको क्रममा हिजो दिउँसो निधन भएको थियो । ५३ वर्षिय लामा सुगर र उच्च रक्तचापका विरामी रहेको र स्वास्थ्यमा समस्या देखा परे पछि थप उपचारको लागि मंसिर २३ गते काठमाण्डौ लगिएको थियो ।

नेपाली सेनाले सेनाकै सववाहन मार्फत पशुपती पु¥याइएका लामाको दिवंगत शरिरलाई दोलखाका नेता तथा कार्यकर्ताहरुले पशुपती आर्यघाटमा अन्तीम श्रद्धाञ्जली व्यक्त गरेका छन् । अध्यक्ष लामाको शवमा नेपाल कम्यूनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य तथा प्रदेश सभा सदस्य मा. पशुपती चौलागाईले नेपाल कम्यूनिष्ट पार्टीको झण्डा ओढाएर श्रदाञ्जली व्यक्ति गर्नु भएको थियो भने नेपाल सरकारका प्रवक्ता एवमं सुचना संचार तथा प्रविधी मन्त्री मा पार्वत गुरुङले नेपालको झण्डा ओढाउनु भएको थियो । लामालाई अन्तीम श्रदाञ्जली दिनका लागि नेपाल कम्यूनिष्ट पाटी वागमती प्रदेशका सचिव आन्नद प्रसाद पोखरेल, वागमती प्रदेश सभा सदस्य विशाल खडका, प्रतिनिधी सभा सदस्य मा शान्ती पाख्रीन, प्रदेश सभा सदस्य रचना खडका, नेकपाका नेता थिर वहादुर मोक्तान, संकर लामा, गोपाल पाण्डे , गाउँपालिका प्रमुख भरत दुलाल लगाएतका नता तथा कार्यकर्ताहरु पशुपति पुगेका थिए ।