नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद शर्माको काठमाण्डौ स्थित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
ओलीका पिता मोहनप्रसादको आज भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री अस्पतालमा विहान निधन भएको थियो ।
अन्त्येष्टि अघि मृतक मोहनप्रसाद प्रति श्रद्धाञ्जली अर्पण गर्न विभिन्न राजनीतिक दलका शीर्ष नेता, कार्यकर्ता, परिवारका सदस्य र आफन्तहरु अस्पताल पुगेका थिए ।
मोहनप्रसाद गठ्ठाघरस्थित छोरीको निवासमा वस्दै आएका उहाँलाई गएराति अप्ठ्यारो महसुस भएपछि उपचारको लागि अस्पताल पु¥याइएको थियो । अस्पतालमा उपचारको क्रममा निधन भएको ओलीको सचिवालयले जनाएको छ ।
अन्त्येष्टिमा श्रदाञ्जली दिन विभिन्न नेताहरु पशुपती आर्यघाटमा पुगेका छन् ।
