कुमारी बैँक चरिकोट शाखाले वातावरण स्वच्छता सम्वन्धी सामाजिक उत्तरदायित्वको काम सम्पन्न गरेको छ ।
प्लाष्टिकजन्य वस्तुको प्रयोगमा कमी ल्याई वातावरया स्वच्छ राख्ने उद्धेश्यले कुमारी बैँक चरिकोट शाखाले चरिकोटको विभिन्न ठाउँमा सचेतनामुलक होडिङ बोर्ड निर्माण गरेको छ । भिमेश्वर नगरपालिकाको मानेडाँडा सीमपानी गैराश्वारा हरियाली टोल सुधार समिति र डिभिजन वन कार्यालय दोलखाको सहकार्यमा नगरपालिकाको वडा नम्वर ३ र ६ का मुख्य स्थानहरुमा जनचेतनामुलक १२ वटा होर्डिङ्ग बोर्ड स्थापना गरेको वैकले जनाएको छ । यस अभियानले नगर पालिकामा प्रबेश गर्ने आगन्तुक तथा स्थानियबासीमा जनचेतनामा वृद्धि गराई स्वस्थ र सफा चरिकोट बजार निर्माणमा सहयोग पुुग्ने विश्वास गरिएको छ ।
