कुमारी बैँक चरिकोट शाखाद्धारा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

दोलखाको चरिकोटमा रहेको कुमारी बैक लिमिटेड चरिकोट शाखाले भिमेश्वर नगरपालिका वडा नम्वर ८ वोचमा रहेको श्री देवी माध्यमिक विद्यालयमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

हरेक वर्षको मार्च महिनामा हुने साताव्यापी कार्यक्रम Global Money Week को सन्दर्भमा बैँकले सो कार्यक्रम सम्पन्न गरेको हो । भोलिको सुरक्षित भविष्यको लागि आज पैसाको बचत गरौँ भन्ने मुल नाराको साथ यो बर्ष Global Money week कार्यक्रम चलिरहेको छ । विशेष गरी विद्यार्थी तथा युवा लक्षित सो वित्तिय साक्षरता कार्यक्रममा कुमारी बैँकको चरिकोट शाखा प्रमुख सुरेन्द्र के.सी साथै कर्जा विभागमा कार्यरत ईश्वर पौडेल तथा टिका बहादुर खड्काले वितिय साक्षरताको वारेमा विद्यार्थीहरुलाई जनाकारी गराउनुभएको थियो । कुमारी बैँक चरिकोट शाखाले आयोजना गरेको वित्तिय साक्षरता कार्यक्रममा सो विद्यालयका शिक्षक शिक्षिकाहरु तथा बिद्यार्थी सहित करिब ४ं० जनाको सहभागिता रहेको थियो ।