कला र संस्कृती संरक्षणको लागि जिल्लामै पहिलो पटक कल्चरल कार्यक्रम हुँदै

दर्पण संवाददाता
चरिकोट, १५ असोज

संस्कृतीले धनी जिल्ला दोलखाको चरिकोटमा दशै तिहारको अवसरमा चरिकोट कल्चरल प्रोग्राम हुने भएको छ ।

पर्यटकीय हिमाली जिल्ला दोलखाको चरिकोटमा पहिलो पटक दोलखा क्रु को आयोजनामा असोज २० गते कल्चरल कार्यक्रम हुन लागेको हो । दोलखा जिल्ला संस्कृतीले धनी जिल्ला रहेको हुँदा संस्कृती, कला र परमपरालाई संरक्षणको लागि दोलखा जिल्लामा नै पहिलो पटक यस्तो कार्यक्रम गर्न लागेको कार्यक्रमका संयोजक विष्णुराज गुरुङले बताउनु भयो । दोलखा जिल्लामा १२ जातिका जनजातिहरुको बाहुल्य बसोवास रहेको र उनिहरुको आआफ्नौ विभिन्न संस्कृती रहेको हुँदा सो संस्कृतीलाई संरक्षण गराउने उदेश्येले कार्यक्रमको आयोजना गरेको आयोजकले बताएको छ ।

कार्यक्रममा गुरुङ, तामाङ, थामी, शेर्पा, नेवार, सुनुवार, जिरेल, सुरेल लगाएतका जातजातिको कला, संस्कृती झल्कने, नृत्य, गायन तथा झाँकी प्रर्दशन हुने आयोजकले जनाएको छ ।