दोलखाको भिमेश्वर नगरपालिका वडा नम्वर ५ ले सामुदायिक विद्यालयबाट एसईई परिक्षामा सहभागी विधार्थीहरुलाई सम्मान गरेको छ ।
वडा कार्यालयले वडा नम्वर ५ भित्र रहेका सामुदायिक विद्यालयबाट गत एसईई परिक्षामा सहभागी विधार्थीहरुलाई सम्मान गरेको वडा नम्वर ५ का वडा अध्यक्ष वासु श्रेष्ठले जानकारी दिनुभयो । एसईई परिक्षामा सहभागी हुने भिमेशवर नगरपालिका वडा नम्वर ५ का बुढाभिमसेन माध्यमिक विद्यालयबाछ २५ जना र महेन्द्रद्धोय माध्यमिक विद्यालय माटीबाट १४ जना गरी ३९ जनालाई सम्मान गरिएको वडाले जनाएको छ । वडा कार्यालयले वडाको शैक्षिक कार्यक्रम अन्र्तगत विद्यार्थीहरुलाई सामुदायिक विद्यालयहरुमा आकर्षित गराउने र शैक्षिक गुणस्तर ल्याउने उदेश्यले विद्याथीहरुलाई सम्मान गरिएको वडा अध्यक्ष बासु श्रेष्ठले बताउनु भयो ।
वडा अध्यक्ष बासु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा भिमेश्वर नगरपालिकाका प्रमुख इश्वर नारायण मानन्धर, उप प्रमुख कमला बस्नेत, शैक्षिक व्यतित्व शंकरलाल श्रेष्ठ, राजन कार्की, लक्ष्मी भुजेल, विद्यालय व्यवस्थापन समितीका पदाधीकारी अभिभावकहरुको सहभागीता रहेको थियो ।