मैनापोखरी , नेकपा एमाले बैतेश्वोर पालिका कमिटी अध्यक्षमा माधब घिमिरे सर्वसहमत रुपमा निर्वाचित हुनुभएको छ ।
मैनापोखरिमा आज भएको अधिवेशनले घिमिरेको नेतृत्वमा ७५ सदस्यीय कमिटी निमार्ण गरेको हो । कमिटीको उपाध्यक्षमा माधब दहाल, सचिवमा बिरोध तामाङ तथा उपसचिवमा शान्त जिरेल र पुन्य रिमाल रहनुभएको छ ।
अधिवेशनबाट निर्वाचित कमिटीलाई एमाले दोलखाका पाटी इन्चार्ज तथा पुर्व मन्त्री पार्वत गुरुङले सपथ ग्रहण गराउनु भएको छ ।
बैतेश्वोर गाउँपालिका कमिटीमा पालिकाको सबै वडालाइ समेटिएर ७५ जनाको पालिका कमिटी गठन भएको हो । एमाले बैतेश्वोर पालिका कमिटीले पालिकाको सबै वडाहरुमा वडा अधिबेशन सम्पन्न गरि आज प्रथम पालिका अधिबेसन सम्पन्न गरेको हो ।
अधिबेशनको अबसरमा पालिका स्तरीय युवा संघ नेपाल, अनेमा संघ नेपाल, उत्पीडित मुक्ति समाज लगाएत कमिटी गठन गरेको छ । अधिबेशनलाई एमाले बागमती प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेल , पाटी जिल्ला अध्यक्ष ईश्वरचन्द्र पोखरेल लगाएत नेताहरुले संबोधन गर्नु भएको थियो ।
