
नेकपा एमालेका स्वर्गीय नेता पशुपती चौलागाईको सम्झनामा नेकपा एमालेले पार्टी केन्द्रीय कार्यालय च्यासलमा दोस्रो स्मृती सभा आयोजना गरेको छ । नेकपा एमाले जिल्ला कमिटी दोलखा र दोलखा काठमाण्डौ सम्पर्क मञ्चको संयुक्त आयोजनामा पार्टी केन्द्रीय कार्यालय च्यासलमा दोस्रो स्मृतीको अवसरमा श्रदाञ्जली सभाको आयोजना गरिएको हो । नेकपा एमालेका प्रभावशाली नेता स्वर्गीय पशुपती चौलागाईको निधन भएको दुई वर्ष पुरा भएको अवसरमा आयोजना गरिएको दोस्रो स्मृती सभालाई नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेकपा एमालेका पोलिटव्यूरो सदस्यद्वाय पार्वत गुरुङ, आनन्द पोखरेल वागमती प्रदेश कमिटीका इन्चार्ज काशिनाथ दहाल लगाएतले पशुपती चौलागाईको पार्टी निर्माण र समाज परिर्वतनका निम्ती गर्नुभएको योगदानको उच्च कदर गर्नुहुँदै श्रदाञ्जली व्यक्त गर्नुभयो ।

दोस्रो स्मृतीको अवसरमा आयोजित सभालाई सम्बोधन गर्नुहुँदै नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठले नेकपा एमाले दोलखाका संस्थापक नेता कम्यूनिष्ट आन्दोलनका योद्धा पशुपती चौलागाईको संवृद्ध दोलखा निर्माणको लागि गर्नुभएको योगदान अतुलनीय रहेको र सदा दोलखाली नागरिकहरुको सम्झनामा आईरहने बताउनुभयो । दोलखा निर्माणका अभियान्त पशुपती चौलागाईको अल्पआयूमानै भएको असामहिक निधनले पार्टी र दोलखालीहरुलाई अपुरणीय क्षति पुगेको बताउनुहुँदै उहाले देख्नुभएका सपनाहरु सहाकार पार्न हामी सवै लाग्नुपर्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

दोलखा नेकपा एमालेका संस्थापक नेता पशुपती चौलागाईको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । कोरोना संक्रमणका कारण मनमोहन अस्पतालमा उपचार गराईरहुनभएको चौलागाईको ६४ वर्षको उमेरमा निधन भएको थियो । विधार्थी राजनीति, युवासंघ हुँदै उहाँ नेकपा एमालेको विभिन्न संगठन विभाग प्रमुख हुँदै पार्टी केन्द्रीय पोलिटव्युरो सदस्य समेत हुनुभएको थिया । उहाँ २०५६ सालमा दोलखा क्षेत्र नम्वर १ को सांसद र २०७० सालको दोस्रो संविधानसभाको चुनावमा समानुपातिक सांसद हुनुभएको थियो भने संघियता पछि २०७४ मा वागमती प्रदेश दोलखा क्षेत्र ‘ख’ का सांसद समेत हुनुभएको थियो । वागमती प्रदेश सभाको सदस्य रहनुभनै भएको वेला विश्वव्यापी महामारीको रुपमा फौलिएको कोरोनाका कारण उहाँको निधन भएको थियो ।
दोस्रो स्मृती दिवसकै अवसरमा नेकपा एमाले पार्टी कार्यालय दोलखामा समेत स्वर्गीय नेता चौलागाईको सम्झनामा श्रदाञ्जली अर्पण गरिएको छ ।
