एमाले दोलखामा सर्वसम्मत नेतृत्व चयनको लागि अन्तिम प्रयास जारी

नेकपा एमाले दोलखाको नयाँ नेतृत्व सर्वसम्मत चयनका लागि नेताहरु छलफलमा जुटेका छन् ।
एमाले दोलखाको नयाँ नेतृत्व सर्वसम्मत गराउनका लागि एमालेका नेताहरु अन्तिम सम्म छलफलमा जुटेका छन् । एमाले दोलखाको अधिवेशन शुक्रवार उद्धघाटन सम्पन्न गरि प्रतिवेदन पेश गरेर रोकिएको वन्द सत्र हाल सम्म संचालन हुन सकेको छैन् । एमालेको नेतृत्व लिनका लागि धेरै नेताहरुको आकांक्षा देखिएको सर्वसम्मत गराउनका लागि छलफल भई रहेको नेताहरुले बताएका छन् ।
एमाले दोलखाका उच्च स्तरीय नेताहरु पदाधिकारी देखि सवै जिल्ला कमिटी सर्वसम्मत गराउने मनसायमा रहेका छन् । धेरै आकाङक्षी रहेका कारण समेटन कठिन हुँदै गएका कारण सर्वसम्मतमा जान नचाहने नेताहरुका कारण चुनावको संभावना समेत प्रवल वन्दै गएको छ । उच्च स्तरीय नेताहरु छलफलमा रहेका छन् भने केहि नेताहरु उमेद्धारी घोषण गरी प्रचारमा लागेका छन् ।
नेताहरु सर्वसम्मतको प्रयास गर्ने र नभएमा चुनावमा जाने मनसायमा पुगेका छन् । चुनाव गराउदा धेरै नेताहरु कमिटी वाट वाहिरिने सम्भावना रहेका कारण सर्मसम्मत नेतृत्व चयनका लागि कार्याकर्ताहरुले दवाव लिई रहेका छन् ।
अधिवेशन निर्वाचन आयोगले निर्वाचनको लागि सवै तयारी पुरा गरेको छ ।

अधिवेशनमा एमालेले दोलखाका हालका उपाध्यक्ष नर बहादुर श्रेष्ठ, आठौँ अधिवेशनमा अध्यक्षमा पराजय हुनुभएका एमाले सचिवालय सदस्य भरत बहादुर केशी, हालका सचिव भरत बहादुर दुलाल र उप सचिव डवल पाण्डेले अध्यक्षमा दावी गरेका छन् ।