एमाले दोलखाबाट संघको उम्मेदवारमा पार्वत गुरुङको नाम पहिलो नम्वरमा सिफारिस

चरीकोट, आगमी मंसिर ४ गते हुन लागि रहेको निर्वाचनको लागि संघमा दोलखाबाट नेकपा एमालेले पार्वत गुरुङको नाम पहिलो नम्वरमा सिफरिस गरेको छ ।

नेकपा एमाले दोलखाको जिल्ला कमिटी वैठकले पुर्व मन्त्री तथा वाहलवाल संघिय सांसद पार्वत गुरुङको नाम पहिलो नम्वरमा सिफारीस गरेको हो । चरिकोटमा वसेको एमालेको जिल्ला कमिटी वैठकले निर्वाचनमा उम्मेदवार आकांक्षिहरुको नाम सिफारिस गरेको हो । नागरिकहरुको विचमा लोकप्रिय मानिने दोलखाका प्रभावशाली नेता पार्वत गुरुङको नाम वैठकले पहिले नम्वरमा सिफारीस गरेको हो । वैठकले अन्य आकांक्षिहरुको समेत नाम सिफारिस गरेको छ ।

गत संघिय निर्वाचनमा पार्वत गुरुङ दोलखाबाट प्रत्यक्ष निर्वाचन मार्फत संघिय निर्वाचित भई महिला तथा बालबालिका मन्त्री र संचार तथा सुचना प्रविधी मन्त्री समेत भई सक्नु भएको छ । गठबन्धन संग निर्वाचन लड्नका लागि दोलखामा एमाले भित्र पार्वत गुरुङ नै सवैभन्दा प्रभावशाली नेता भएको कारणले अन्य नेताहरुले आकांक्षा व्यक्त गरे पनि पार्वत गुरुङनै वलियो उम्मेदवार भएको वैठकमा सहभागी एक नेताले बताए । दुई पटक संघिय सांसद भई सकेको र मन्त्री समेत भई सक्नुभएका गुरुङ दोस्रो तहको अन्य नेताहरुलाई अवसर दिने मनसायमा भए पनि गठबन्धन संग निर्वाचन लडन पार्टी भित्र दोस्रो तहको नेताहरु जनतामाझ खासै लोकप्रिय नदेखिएको कारण पार्वत गुरुङककै नाम पार्टीले पहिलो नम्वरमा सिफासिर गरेको वैठकमा सहभागी नेताहरुले बताएका छन् ।

गुरुङसंगै पोलिट ब्यूरो सदस्य आनन्द प्रसाद पोखरेल, इश्वरचन्द्र पोखरेल, श्याम बस्नेत, भरत दुलाल लगाएतका आकाङ्क्षी नेताहरूको नाम जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठले बैठकमा घोषणा गरे । गुरुङ प्रतिनिधिसभा तर्फ एउटा मात्र निर्वाचन क्षेत्र रहेको दोलखाको बहालवाला सांसद हुन् । बैठकलाई सम्बोधन गर्दै उनले निर्वाचनमा पार्टीलाई बिजय गराउन जस्तोसुकै परिस्थितिको समना गर्न अग्रपंक्तिमा खडा हुने प्रतिबद्धता जनाए । २०७४ सालको निर्वाचनमा गुरुङ निकतम प्रतिस्पर्धी कांग्रेसका रुद्र बहादुर खड्कालाई भारी मतान्तरले पराजित गर्दै निर्बाचित भएका थिए । गुरुङले कुल सदर मतमध्ये ५५ हजार ९५४ मत पाएका हुन् । प्रतिनिधिसभा निर्वाचनमा गुरुङले देशकै सबैभन्दा फराकिलो ३० हजार १५३ मतान्तरले प्रतिस्पर्धीलाई पराजित गरेका थिए । दोलखाको उत्तरी भूभाग गौरीशंकर गाउँपालिका २ सुरीमा जन्मिएका गुरुङ एमालेका पोलिट ब्युरो सदस्य र वाग्मती प्रदेश कमिटी सह–ईन्चार्ज हुन् ।

दोलखा एमालेमा नेता पार्वत गुरुङलाई लोकप्रिय एवंम प्रभावशाली नेताको रुपमा चिनिन्छ ।