एमाले दोलखाको जिल्ला कमिटी विगठन, नर श्रेष्ठको संयोजकत्वमा १८३ सदस्य अधिवेशन आयोजक कमिटी गठन


नेकपा एमाले दोलखाको जिल्ला कमिटी विगठन भएको छ । नवौ अधिवेशनबाट निर्वाचित भएको जिल्ला कमिटी विगठन गर्दै नेकपा एमाले दोलखाले १० औँ अधिवेशन आयोजक कमिटीको गठन गरेको छ ।

नेकपा एमाले दोलखाको भाद्र १८ गते चरिकोटमा वसेको जिल्ला कमिटी वैठकले गरेको निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष नर बहादुर श्रेष्ठले आयोजक आयोजक कमिटी गठन गरिएको जानकारी दिनुभयो । भाद्र १८ गते बसेको जिल्ला कमिटी वैठकले १० औँ जिल्ला अधिवेशन गर्नका लागि १८३ सदस्यि आयोजक कमिटीको गठन गरिएको छ । जस्मा पालिका अध्यक्षहरु स्वत पदेन सदस्य रहेको व्यवस्था गरिएको पाटी अध्यक्ष नर बहादुर श्रेष्ठले जानकारी दिनुभयो । अधिवेशन आयोजक कमिटीको संयोजक नर बहादुर श्रेष्ठ र सह संयोजक राजेन्द्र मानन्धरलाई तोकिएको छ ।

नेकपा एमाले केन्द्रीय कमिटी वैठकले पार्टीलाई चुस्तदुरुस्त र चलायमान गराउन देशभरका पार्टी कमिटीहरुको अधिवेशन गर्ने भन्ने निर्णय अनुसार दोलखा जिल्ला कमिटीले तीन बर्षे कार्यकाल मध्ये करिब एक बर्ष बाँकी रहदै अधिवेशन गर्ने निर्णय गरेको हो । पार्टीलाई अझ सशक्त र जुझारु बनाउदै अधिवेशन सफल बनाउन आयोजक कमिटी बनाएर अघि वढ्ने भन्ने केन्द्रीय निर्देशन अनुरुप २०८० माघभित्र दोलखा जिल्ला अधिवेशन गरिसक्ने निर्णय भएको पाटी अध्यक्ष नर श्रेष्ठले बताउनु भयो ।

अधिवेशन भव्य ढंगले सम्पन्न गर्नका लागि अधिवेशन आयोजक कमिटीमा ९ औं जिल्ला अधिवेशनबाट निर्वाचित सम्पूर्ण सदस्यहरुलाई समावेश गरिएको छ भने पार्टीमा लामो समय योगदान भएका केही सदस्यहरुलाई समेत आयोजक कमिटीमा थप गरिएको छ । आयोजक कमिटीमा मनोनित संयोजक, सह संयोजक र सदस्यहरुलाई पोलिटव्युरो सदस्य तथा नेकपा एमाले दोलखा इन्चार्ज कमल चौलागाईंले सपथग्रहण गराउनु भएको छ ।

पत्रकार सम्मेलनमा पत्रकारहरुको जिज्ञास सम्वोधन गर्नुहुँदै एमाले पोलिटव्युरो सदस्य तथा दोलखा इन्चार्ज कमल चौलागाईले पार्टीको केन्द्रीय निर्देशन र कार्य तालिका अनुसार नै समय अवधी वाँकी भए पनि जिल्ला अभिवेशन गर्न लागिएको जानकारी दिनुभयो । नेकपा एमालेलाई चुस्त दुरुस्त र चलायमान बनाउनका लागि पार्टीको हरेक जनवर्गिय संगठनहरुको समेत अधिवेशन भई रहेको उहाँले बताउनु भयो । पत्रकार सम्मेलनमा आयोजक कमिटीका सहसंयोजक तथा प्रचार विभाग प्रमुख राजेन्द्र मानन्धरले अधिवेशन भव्य रुपमा सम्पन्न गर्नका लागि सवैलाई सहयोग गर्न आग्रह गर्नु भयो ।

आयोजक कमिटीको नामावली