एमाले दोलखाको उमेदवारहरुको अन्तिम नामावली प्रकाशन, आइतबार बिहानबाट मतदानको तयारी

एमाले दोलखाको नया नेतृत्वको लागि हुन लागेको निर्वाचनको उमेदवारहरुको अन्तिम नामावली प्रकाशन भएको छ ।
अधिबेशन निर्वाचन कमिटीले उम्मेद्बारी दर्ता गराएका सबै उमेदवारहरुको नामावली प्रकाशन गरेको छ । अध्यक्ष देखि सबै पदमा उम्मेदवारी परेको छ । अध्यक्षका लागि उपाध्यक्ष नर बहादुर श्रेष्ठ र सचिब भरत दुलालको उमेद्वारी परेको छ ।

तेस्तै उपाध्यक्ष राजेन्द्र मानन्धर, कृष्ण बहादुर बस्नेत, जानुका न्यौपाने, रोज कुमारी चौलागाईं, राम बहादुर श्रेष्ठको उम्मेद्बारी परेको छ । सचिबमा हिरा थोकर र होम पाठकको प्रतिस्पर्धा हुने भएको छ । २ जना चाहिए उप सचिबमा १३ जनाको उम्मेद्बारी परेको छ । उपसचिबमा रेशम राजस्वराज रिमाल, सुन्दर कार्की, हरि जिरेल, केशव चौलागाईं, धर्मेन्द्र मोत्तान , कमला बस्नेत, सुन्दर लामिछाने, हरिबंश चौलागाईं, सीता केसि, माधबलाल कायस्थ, गोमा केशी, नबराज कार्कीको उम्मेद्बारी परेको छ ।
निर्वाचन आयोगले भोलि बिहान ८ बजेबाट निर्वाचन गर्ने जनाएको छ । निर्वाचन को तयारी पूरा भएको र बिहान बाट निर्वाचन गरिने निर्वाचन समितिले जनाएको छ ।