एमाले दोलखाको अधिवेशनका लागि १० सदस्यीय अध्यक्ष मण्डल गठन

नेकपा एमाले दोलखाको दशौं जिल्ला अधिवेशन सञ्चालनका लागि अध्यक्ष मण्डलसहित विभिन्न समितिहरु गठन गरेको छ ।
एमाले दोलखाको दशौ जिल्ला अधिबेशन आज एमालेका महासचिव शंकर पोखरेलले चरिकोटमा उद्घाटन गर्नु भएको छ । अधिबेशनको बन्द सत्र तथा नया नेतृत्व चयनको लागि एमाले दोलखाले १० सदस्यीय अध्यक्ष मण्डल गठन गरेको नेकपा एमाले दोलखाका संयोजक नर बहादुर श्रेष्ठले बताउनु भयो । नेकपा एमाले दोलखाका जिल्ला इन्चार्ज कमल चौलागाँईको अध्यक्षतामा दस सदस्यीय अध्यक्ष मण्डल गठन गरेको हो । अध्यक्ष मण्डलको सदस्यहरुमा नेकपा एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुङ्गेल, केन्द्रीय सदस्यहरु सरस्वती बस्नेत, रचना खड्का, प्रदेश कमिटीका उपाध्यक्ष दावादोर्जे लामा, सचिव नवराज सिलवाल, प्रदेश कमिटीका सदस्यहरु कृष्ण भुजेल, बालकृष्ण शिवाकोटी, भरत केसी र उर्मिला थामी रहनुभएको छ ।

अधिबेशनको लागि शान्त बहादुर केसीको संयोजकत्वमा माईन्युट लेखन कमिटी गठन गरेको छ । जस्को सदस्य हरुमा ईश्वर न्यौपाने, पुर्णिामा खरेल, अच्युतम केसि , धन बहादुत तामाङ रहेका छन । सुन्दर कार्कीको संयोजकत्वमा बहस नोट कमिटी गठन गरेको छ भने जस्को सदस्यहरुमा कुमार खड्का, रोहित खड्का, हरि ओलि, मेनुका सुबेदि रहेका छन । समसामयिक प्रस्ताव लेखन समितिमा लक्ष्मण थामी, प्रभु जिरेल, हरि कृष्ण नेपाली, नवीन कुमार लामा, जिबस राज खड्का, सुजता सिवाकोटि रहनु भएको छ ।

अधिवेशनको बन्दसत्र मङ्गलबार विहान नौ बजेदेखि सुरु हुने नेकपा एमाले दोलखाले जनाएको छ ।