एमाले उपसचिबमा बैतेश्वोर पालिकाकै तीन जना उमेदवार

चरिकोट पुष २४ : नेकपा एमालेको अधिबेशनमा उप सचिबमा पदमा तीब्र प्रतिस्पर्धा हुने भएको छ । दुई जना रहने उप सचिबमा १३ जनाको उम्मेद्बारी परेको छ ।

बैतेश्वोर गाउपालिका बाट मात्र तीन जनाले उम्मेद्बारी दर्ता गराएका छ्न । बैतेश्वोर ८ क्षेत्रपा बाट हरि जिरेल र बैतेश्वोर ७ बाट रेशमराज श्वोराज रिमाल र केशब चौलागाईंले उम्मेद्बारी दर्ता गरेका हुन । तिनै जनाले आफूले चुनाब जित्ने दाबी गरेका छ्न । सहमति हुन नसके पछि चुनाब हुन लागेको हो । एउटै पालिकाबाट सह सचिबमा तीन जनाले उम्मेद्बारी दर्ता गरे पछि कडा प्रतिस्पर्धा हुने देखिएको हो । हरि जिरेल लामो समय सम्म जिल्ला कमिटीमा रहेर काम गर्दै आउनु भएको छ भने रेशम रिमालले अनेरास्ववियुको अध्यक्षको नेतृत्व गर्दै जिल्ला कमिटीमा रहेर काम गर्नु भएको छ । केशव चौलागाईं ले पनि जिल्ला कमिटीमा रहेर काम गर्दै आउनु भएको छ ।