दोलखा ः नेकपा एमाले दोलखाको आज हुन लागेको निर्वाचनमा अध्यक्ष पदका लागि भरत केशी र डवल पाण्डे दुवै जनाले नर श्रेष्ठलाई समर्थन जनाएका छन् ।
दोलखा एमालेमा अध्यक्षका लागि नर श्रेष्ठ, भरत केशी, भरत दुलाल, र डवल पाण्डेको चर्चा चलेको थियो । अध्यक्षका चर्चा चलेका दुई नेताहरुले अध्यक्ष पदका लागि आफुहरुले उमेदवारी नहाली नर बहादुर श्रेष्ठलाई समर्थन गरेको हो । अध्यक्ष पदका लागि नरबहादुर श्रेष्ठ र भरत दुललाको विचमा आज निर्वाचन हुँदै छ ।
अध्यक्षका उमेदवार वन्न लागेका एमालेका नेता डवल पाण्डेले सहमतीमा नेतृव चयनका लागि छलपल भएको र हालका उपाध्यक्ष नर बहादुर श्रेष्ठलाई चुनाव जिताउन आफुले उमेदवारी दर्ता नगरेको बताएका छन् । एमाले भित्र आफुहरुको साझा उमेदवार नर बहादुर श्रेष्ठ भएको र सवै प्रतिनिधीहरुलाई मतदान गरी विजयी गराउनका लागि पाण्डेले आग्रह गर्नु भयो ।
अध्यक्षका प्रत्यासी मानिएका दुई नेताहरुले पुर्ण रुपमा श्रेष्ठलाई सर्मथन गरे पछि अध्यक्ष पदमा नर श्रेष्ठ बलियो देखिएको छ ।