एपेक्स स्कूल चरिकोटको दीक्षान्त तथा पुरस्कार वितरण समारोह सम्पन्न

चरिकोट स्थित एपेक्स स्कूलका विधार्थीहरुलाई दीक्षान्त तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । बालबालिकाको पढाई प्रतिको आकर्षणलाई थप मजबूत बनाउन तथा वार्षिक खेलहरूमा विजेता खेलाडीहरूका लागि सम्मान गर्न कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा कक्षा प्रि नर्सरी देखि कक्षा ८ सम्मको सम्पूर्ण विद्यार्थीहरुलाई दीक्षित गरिएको छ । विद्यालयका संयोजक अन्जित लामाले स्वागत मन्तव्य राख्दै कार्यक्रममा उपस्थित सम्पूर्णलाई न्यानो स्वागत तथा धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

अभिवाबाक इन्जिनियर युधिष्ठिर केसीले रचनात्मक टिप्पणी गर्दै विद्यालय र विद्यार्थीको चौतर्फी विकासका लागि विद्यार्थी, शिक्षक शिक्षिका र अभिभावकले आफ्नो भूमिका निर्बाह गरे मात्र सम्भव छ भन्ने विषयमा जानकारी दिनु भयो । निजी क्षेत्रको विद्यालयको शिक्षिक हरुको पारिश्रमिक सामुदायीक भन्दा कम रहेको अवस्थामा विद्यालयहरुले यस विषयमा ध्यान दिन जरुरी रहेको विचार व्यक्त गर्नु भएको थियो ।

विद्यालयका प्रधानाध्याक नसिब कायस्थले अभिभावक, शिक्षक तथा विद्यार्थीहरुलाई सम्बोधन गर्दै १२ जना बाट सुरु गरेको विद्यालय आज २६४ जना सम्म पुग्न सफल भएको कारण अभिभावकको विश्वास, शिक्षकगणको मेहेनत र विद्यार्थीहरुको निरन्तर सिकाइ उपलब्धिको कारण भएको बताउनुभयो ।