एनआरएनए माल्टाको महासचिव पदमा दोलखाली पाण्डेको उम्मेदवारी

गौर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) माल्टामा हुन लागिरहेको निर्वाचनमा महासचिव पदमा विरोजंग पाण्डेले उम्मेदवारी दिनुभएको छ ।

यूरोपिय मुलुक माल्टामा आगामी साउन १४ (जुलाई ३०) मा हुन लागेको निर्वाचनमा पाण्डेले महासचिव पदका लागि उम्मेदवारी दिनुभएको हो । पाण्डेले अध्यक्ष रोसन गिरीको प्यानलबाट महासचिव पदमा उम्मेदवारी दिनुभएको हो । माल्टामा गौर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदको निर्वाचन नजिकिए संगै चुनावी चर्चा सुरु भएको हो । आगमाी साता हुने निर्वाचनको लागि रोसन गिरीको अध्यक्षतामा पदाधिकारी सहित प्यानललेनै उम्मेदवारी दिएको छ ।

रोजगारीको शिलशिलामा माल्टा पुग्नुभएका पाण्डेले यस अघि सचिवको जिम्मेवारी सफतापुर्वक निर्वाह गरी सक्नुभएको छ । सचिव पदमा रहि संस्था र नेपालीहरुको लागि राम्रो काम गर्दै आउनुभएका पाण्डेले महासचिव पदको लागि उम्मेदवारी दिनुभएको हो । महासचिवका उम्मेदवार पाण्डे विद्यार्थी राजनिती, विभिन्न संघ संस्थाहरुमा समेत क्रियाशित रहि काम गर्दै आउनुभएको थियो । निस्वार्थ, निरन्तरता, निस्पक्षता एन आर एन ए मा मेरो प्रतिवद्धता भन्ने मुल नारा सहित उम्मेदवारी दिनुभएका पण्डेले माल्टामा रहेका आम नेपालीहरुको हितमा काम गर्नका लागि आफुले उम्मेदवारी दिएको बताउनुभयो । यस अघि समेत समितिमा वसेर अनुभव सम्हालेका पाण्डेले माल्टा वस्ने नेपालीहरुको समस्या, कुटनितिक समन्वय, अस्थाई कार्ड वसोवासको समस्या, कानुनी समस्या, भिजाको समस्या लगाएका समस्याहरुको विषयमा अग्रसरता देखाई काम माल्टाबस्ने नेपालीहरु विच लोकप्रियता कमाउँदै आउनुभएको छ ।

आगामी जुलाई ३० मा हुने निर्वाचनमा माल्टामा रहेका करीव ३ हजार नेपालीहरुले मतदान गर्नेछन् । विभिन्न सिलसिलामा माल्टा रहेका र मतदानका लागि योग्य भएका नेपालीहरुले अनलाइन भोटिङ प्रणाली मार्फत मतदान गर्ने तयारी भई रहेको आयोजकले जनाएको छ ।