दर्पण संवाददाता
चरिकोट, असार १३
पछिल्लो २४ घण्टामा नेपालमा थप ५५४ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।
२४ घण्टाको अवधीमा ५ साय ५४ जनामा कोरोना भाइसर भएको पुष्टी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा संक्रमितको सख्ंया १२ हजार ३०९ पुगेको छ । मन्त्रालयका अनुसार शनिबार मात्र १२० महिला ४३४ पुरुष गरेर पाँच सय ५४ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् । मृतकको संख्या भने २८ पुगेको छ ।