नेकपा एमाले बिभाजन पछि एकीकृत समाजबादि पाटिमा लागेका दोलखा मेलुङ गाउपालिका वडा नम्बर २ का वडा सदस्य कमल बहादुर थापा एमालेमानै फर्किएको छ ।
एमालेबाट निर्वाचित वडा सदस्य पाटी बिभाजन पछि दल रोज्नु पाउने समयमा एकीकृत समाजबादी पाटिमा लागेका थिए । मेलुङ गाउपालिका वडा नम्बर २ मा आयोजना गरेको एमालेको प्रथम वडा अधिबेशनमा सहभागी हुँदै समाजबादी पाटिमा रहन नसक्ने भन्दै एमालेमानै फर्किएको हो । एमाले पाटिले आफुलाइ निर्वाचित गराएको र पाटिलाइ बिश्वास गरेर आम नागरिकले मतदान गरेको हुदा ती नागरिकहरुको सपना पूरा गर्न एकीकृत समाजबादी पाटिमा रहेर सम्भब नभएको भन्दै आफू एमालेमानै रहेको बाताउनु भयो ।
दोलखामा एकीकृत समाजबादी पाटिमा लागेका नेता तथा कार्याकर्ताहरु धमाधम एमालेमानै फर्किन थालेका छ्न । एमाले दोलखाले जिल्लाभए पाटिको गतिविधि बढाउदै गएको र वडा अधिबेशन तथा पालिका अधिबेशन धमाधम गर्न थाले पछि नेता तथा कार्याकर्ताहरु एमालेमानै खुल्न थालेका छ्न ।