दर्पण संवाददाता
चरिकोट, चैत २९
दोलखाको जिरी स्थित एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भिमेश्वर नगरपालिकाको चरीकाेटमा १२ औं सेवा केन्द्र विस्तार गरेको छ ।
एकीकृत फ्रेण्डसिप साकोसले भिमेश्वर नगरपालिका वडा नम्बर ६ चरीकाेटमा स्थापना गरेको सेवा केन्द्रको आज एक समारोहकाबीच प्रदेश बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(प्राेफ्स्कुन) बागमतीका अध्यक्ष उद्दब सापकाेटाले उद्घाटन गर्नुभएको हो । उद्घाटन सँगै चरीकाेट सेवा केन्द्रले आज देखिनै सेवा दिन सुचारु गरेको छ । यो सँगै मुख्य कार्यालय सहित एकीकृत फ्रेण्डसिप साकोसको १२ वटा सेवा केन्द्र पुगेको छ ।

संस्थाका अध्यक्ष भूमिराज खड्काको अध्यक्षतामा भएको सेवा केन्द्र उद्घाटन कार्यक्रममा चरीकाेट सेवा केन्द्र उपसमितिको पदस्थापना गरीएको थियो । संस्थाका प्रमुख कार्यकारी अधिकृत केशव प्रसाद दाहालले संस्थाको गतिविधि तथा प्रगतिका सम्बन्धमा आजसम्म संस्थाकाे कारोबार १ अर्ब ४५ लाख नागेकाे जानकारी गराउनुभएको थियो । कार्यक्रममा प्रदेश बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(प्राेफ्स्कुन) बागमतीका अध्यक्ष उद्दब सापकाेटा, नेफ्स्कूनका संचालक सदस्य एंव (प्राेफ्स्कुन) बागमतीका महासचिव जिवसराज खड्का, प्रदेश बचत तथा ऋण सहकारी संघ लि.को संचालक श्री चक्र बस्नेत, जिल्ला सहकारी संघ दाेलखाका अध्यक्ष हेमन्त चाैलागाई, जिल्ला बचत संघ दाेलखाका उपाध्यक्ष जगत सुवेदी, लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियाे। चरीकाेट सेवाकेन्द्र उद्घाटनकै दिन संस्थामा ६२ लाख ७३ हजार ५०० रुपैयाँ बचत संकलन गर्न सफल भएको चरीकाेट सेवाकेन्द्र प्रमुख प्रविण कुमार खतिवडाले बताउनुभएको छ।
