उपत्यकाबाट तामाकोशी आयोजनामा शयेर भर्ने समय सात दिनको लागि थप

दोलखा, २४ साउन / माथिल्लो तामाकोशी आयोजनामा दोलखाबासीहरुले काठमाण्डौबाट शयेर आवेदन गर्ने समय एक साताको लागि थप गरेको छ ।

दोलखाबासीहरु काठमाण्डौमा धेरै बसोवास गर्दै आएको र दश दिनले मात्र समय पर्याप्त नभएको हुँदा एक साताको समय थप गरेको आयोजनाले जनाएको छ ।
जिल्ला समन्वय समिति दोलखाको विहिवार वसेको वैठकले शयेर भर्ने समय पर्र्याप्त नभएको हुँदा ७ दिनको सयम थप गर्न आयोजनालाई पत्रचार गरेको थियो । आयोजनाले उपत्यकामा शयेर आवेदन गर्ने दोलखाली नागरिकको चाप धेरै भएकोले म्याद १ साताको लागि थप गर्न धितोपत्र बोर्डमा सिफारीस गरेको र बोर्डले सो प्रस्ताव स्वीकार गरेको हुँदा आवेदन गर्ने समय थप भएको आयोजनाले जनाएको छ ।

म्याद थप भए संगै अव उपत्यकाबाट साउन २६ देखि थप ७ दिन शेयर आवेदन गर्न पाउने भएका छन् । यस अघि आयोजनाले भोली सम्मको लागि मात्र सयम तोकेको थियो ।

माथिल्लो तामाकोशीमा दोलखाबासीका लागि यही साउन १६ गतेदेखि शेयर आवेदन खुल्ला भएको थियो । आयोजनामा दोलखाबासिका लागि कुल १ अर्व ५ करोड ९० लाख बराबरको १ करोड ५ लाख ९० हजार कित्ता शेयर निश्काषण भएको छ ।