उद्योग वाणिज्य संघ निर्वाचन : अधिवेशन विथोल्न आफ्नै कार्यालयलमा आफैले गरे तालावन्दी

दोलखा उद्योग वाणिज्य संघमा चुनावी चहल पहल सुरु भई रहेको अवस्थामा आज दिउँसो तालावन्दी भएको छ ।

फागुन १३ गतेका २३ औँ अधिवेशनको तयारी गरिरहेको दोलखा उद्योग वाणिज्य संघको कार्यालयमा विहिवार दिउँसो विभिन्न विषयमा असहमती जनाउँदै हालका वहालवाला पदाधिकारी तथा सदस्यहरुले आफ्नै कार्यालयमा तालावन्दी गरेका छन् । चुनावी प्रकृया सुरु गरी उम्मेदवारहरुले उम्मेदवारी समेत दर्ता गरी सकेको अवस्थामा कार्यसमिती आफैले गरेको निर्णयहरुमा असहमती जनाउँदै पदाधिकारी तथा सदस्यहरुले कार्यालयमा तालावन्दी गरेका हुन् । संघले गरेको निणर्यमा वाणिज्य संघमा आवद्ध केहि व्यवसायीहरुले नयाँ थप गरीएको सदस्यता र निर्वाचन समिती गठनको वारेमा विवाद देखाउँदै प्रमुख जिल्ला अधिकारी शेखर पौडेललाई ज्ञापन पत्र वुझाएका छन् ।

सवै प्रकृया पुरा गरी अधिवेशनको तयारी अन्तिम चरणमा पुगी सेकेको अवस्थामा एक पक्ष समहुले तालावन्दी गरे पछि निर्वाचन प्रकृया अन्योलमा परेको छ । निर्वाचन समितीले निर्वाचन कार्यतालिका अनुसार काम गर्दै आएको र फागुन १० गते सम्म उम्मेदवारी दिने समय तोकेकोमा हालका अध्यक्ष इन्द्र बहादुर श्रेष्ठ र व्यवयासी दिनेश वस्नेतको दुई गरी दुई समुहले उम्मेदवारी समेत दर्ता गराई सकेको छ । उम्मेदवारहरुको अन्तीम नामावली प्रकाशन गर्ने समयमा आएर अधिवेशन विथोल्न खोजेको भन्दै जिल्लाका व्यवसायीहरुले चर्को आलोचनासमेत गरेका छन् । अध्यक्षका उम्मेदवार दिनेश वस्नेतले आफु स्वच्छ निर्वाचन प्रकृयामा जान तयार रहेको र सभ्य र भव्य रुपम अधिवेशन सम्पन्न गराउन आफु र आफनो टिम तयार रहेको बताउनु भयो । केहि व्यवसायीहरु निर्वाचन प्रकृयाबाट डराएर अधिवेशन विथोल्नका लागि विभिन्न वहानमा विरोध अवरोध गरि रहेको उहाँले बताउनु भयो ।

निर्वाचनको अन्तीम तयारीमा आएर उद्योग वाणिज्य संघमा विवाद भए पछि प्रमुख जिल्ला अधिकारी शेखर पौडेलले व्यवसायीहरु संग छलफल गरि रहनुभएको छ । दुवै पक्षविच वसेर छलफल गरी निष्कर्ष निकालिने प्रशासनले जनाएको छ ।