साउन १६ चरिकोट / दोलखा उद्योग वाणिज्य संघ दोखाको पहलमा चरिकोटमा साउन १४ र १५ गते आयकर सम्वन्धी कार्यक्रम भएको छ ।
आयकर अर्थात पानमा दर्ता भई व्यवसायिक कारोवार संचालन गर्दै आएका उद्योगी, व्यवसायीहरुका लागि आर्थिक विध्ययेक २०७५ ले गरेको कर छुटको व्यवस्था वमोजिम उद्योग वाणिज्य संघ दोलखाको पहलमा आन्तरिक राजस्व कार्यालय भक्तपुरले चरिकोटमा २ दिने संङकलन केन्द्र राखिएको थियो । दोलखाका व्यसायीले चरिकोटमा नै आफनो कर रकम बुझाउने सुविधा पाएका छन । व्यवसायीहरुलाई सहज गराउनको लागि राखिएको संकलन केन्द्रमा सोमवार र मंगलबार चरिकोटमा करिव दई सय व्यापारीले सेवा लिएको उद्योग वाणिज्य संघ दोलखा अध्यक्ष सुन्दर कार्कीले जनाकारी दिए । संङकलन केन्द्र राखिए पछि आफूहरुलाई सहज सुवधा भएको शुभारम्भ सप्लार्यका व्यापारी कपिल मणि न्यौपाने बताए ।