उद्धब घिमिरेको दशै कोसेली जमरा राख्नलाई…. (भिडियो सहित)

दर्पण संवाददाता
काठमाण्डौ १२ असोज

दोलखाको नाम्दुमा जन्मीएर लामो समय देखि सांगितिक क्षेत्रमा स्थापित कलाकार उद्धब घिमिरे दशैको अवसरमा नयाँ कोसेलीको साथ आएका छन् । धेरै स्रोताहरु उद्धव घिमिरेको नयाँ गितको पर्खाइमा हुने गर्दछन् । दर्शक स्रोताको पर्खाइलाई अन्त गर्दै दोलखाली पुराना सर्जक केशव चौलागाईको र्मौलिक शव्द शिर्जनामा उद्धब घिमिरेले यस पालिको दशैमा जमरा राख्नलाई भन्ने गित लिएर आएका छन् ।

प्रतीभाशाली कलाकार उद्धव घिमिरे र सिताराम लोहनीको सँयुक्त प्रस्तुतीमा बडा दशैं २०७५ दशैंको शुभकामना सहीत जमरा राख्नलाई बोल को उत्कृष्ट कोसेली लोकपारखी मनहरुमाझ सार्बजानीक भएको छ । जुन गितमा उद्धव घिमिरे, सिताराम लोहनी र रुषा लामाको शुमधुर आवाज रहेको छ भने उद्धव घिमिरेको उत्कृष्ट लय भित्र पुराना सर्जक केशबराज चौलागाईको मौलीक सब्द सिर्जनाले रहेको छ ।

जमारा राख्नलाई बोलको यस गितलाई खमेश श्रेष्ठ ले निर्देशन गरेका हुँन भने छायाङ्कन रेशम दर्लामीको रहेकोछ जसलाई रुकेश बरालले निकै मिहिनेतका साथ सम्पादन गरेका छन् ।

भिडियो हेर्नुहोस

https://www.youtube.com/watch?v=ZHXF6ElVePE