प्रभु जिरेल
चरिकोट, २५ मंङसिर
दोलखामा २०७२ को विनासकारी भूकम्पले भवन ध्वस्त भई टहरामा अध्यान गदौ आएका पाँच विद्यालयका विधार्थीको पक्की भवनमा अध्यन गर्ने सपना पुरा भएको छ ।
हिमाली जिल्ला दोलखाको गौरिशंकर गाँउपालिका वडा न १ जंगुमा रहेको चार विद्यालय र वैत्येश्वर गाँउपालिका वडा न ८ यवोको एक विद्यालयमा सेभ द चिल्ड्रेनले पक्की भवन निर्माण गरि दिएसंगै वाललालिकाको सुरक्षीत साथ पक्की भवनमा अध्यान गर्ने सपना पुरा भएको हो । सेद द चिल्डे«न संस्थाको सहयोग र ग्रामिण विकास टुकी संघ प्राविधिक सहयोगमा करोडौको लागतमा यवो आधारभुत विद्यालय, नबकन्चन आधारभुत विद्यालय यार्सा आधारभुत विद्यालयमा आठ आठ कोठे र चेत्पु आधारभुत विद्यालय र मारिओव आधारभुत विद्यालयमा चार चार कोठे पक्कि भवन निर्माण गरी सेभ द चिल्ड्रेनका कन्ट्री डाइरेक्टर र प्रदेश सांसद विशाल खड्काको उपस्थितमा सोमबार एक कार्यक्रमका विच समुदायलाई स्वामित्व हस्ताणतरण गरिएको छ ।

दोलखाको वैत्येश्वर गाँउपालिका वडा न ८ मा रहेको यवो आधारभुत विद्यालयमा एक करोड ३७ लाख ४९ हजार ४९ रुपैयाको लागतमा आठ कोठे पक्की भवन निर्माण गरि विद्यालयलाई हस्ताणतरण गरेको छ । त्यस्तै गौरिशंकर गााउपालिका वडा नं. १ को यार्सा आधारभुत विद्यालयमा १ करोड ३५ लाख १३ हजार छ सय २२ को लागतमा आठ कोठे, नवकन्चन आधारभुत विद्यालयमा १ करोड ३८ लाख ९८ हजार ९ सय ५३ को लागतमा आठ कोठाको पक्कि भवन, मारिवन आधारभुत विद्यालयमा ९२ लाख ६० हजार ५ सय ३१ को लागतमा चार कोठे पक्की भवन र सोहि वडाको चेत्पु आधारभुत विद्यालयमा ९८ लाख ३० हजार ४९ को लागतमा ४ कोठे पक्की भवन निर्माण सम्पन्न भएको छ । विद्यालयलाई आवश्यक शौचालय, फर्निचर लगाएतका सामग्री समेत संस्गाले उपलब्ध गराएको छ । विद्यालयलाई आवश्यक कक्षाकोठा व्यवस्थापन गर्नको लागि संस्थाले थप रकम समेत विद्यालयलाई उपलव्ध गराएको ग्रामिण विकास टुकि संघका अध्यक्ष रोजकुमारी चौलागाईले (प्रेमकुमारी) बताउनु भयो ।
भवन हस्ताणतरण कार्यक्रमलाई संवोधन गर्नुहदै प्रदेश सांसद विशाल खड्काले संघ संस्था पनी सरकारको विकासको सहयोगी भएको बताउनु हुँदै सरकारी विद्यालयमा पनी सुविधा सम्पन्न भवन संगै शिक्षाको गुणस्तरमा बृद्धी गदै लैजानु पर्ने बताउनु भयो । सरकारको शिक्षामा ठुलो लगानी भए पनि सोचे अनुसारको गुणस्तर नभएकाले बालबालिकाको रुचिलाई ध्यानमा राखी अध्यापन गराउनको लागि आग्रह गर्नु भयो ।

दोलखाको उ्रच्च भूभागमा पर्ने यी विद्यालयमा भुकम्प पश्चात जस्ताको अस्थाई सिकाई केन्द्रमा अध्यान हुँदै आएको थियो । ग्रामिण विकास टुकी संघको सहकार्यमा सेद द चिल्डे«न ले भवन निर्माण गरि दिए संगै विद्याथीहरु खुसी का साथ नयाँ भबनमा बसेर अध्यान गर्न थालेका छन् ।
विद्यालयमा सुबिधा सम्पन्न भवन निर्माण भए संगै विधार्थीको आर्कषण समेत वढ्न थालेको नवकन्चन आधारभूत विद्यालयका प्रधानध्यापक दिल बहादुर जिरेलले बताउनु भयो । भूकम्पका कारण विद्यालय ध्वस्त बनेकाले हाल सम्म अस्थाई शिकाई केन्द्रमानै अध्यन हुँदै आएको चिसोका कारण विद्यालय आउने बाबालिकाको संख्यामा समेत कमि हुँदै गएकोमा पक्की भवन निर्माण संगै विद्यालय आउने विद्यार्थीको संख्यामा समेत वृद्धि हुँदै गएको चेत्पु आधारभुत विद्यालयका शिक्षक टिका खड्काले बताउनु भयो ।
