दर्पण संवाददाता
चरिकोट, जेठ २९
दोलखाको उत्तरी क्षेत्र चंखुको भुमे गुम्वा माध्यमिक विद्यालयमा अध्यनरत विधार्थीहरुको अनुहारमा खुसीयाली देखिनुका साथै विधार्थीहरु उत्सहित भई रमाईरहेको देख्न सकिन्छ ।
विनाशकारी भुकम्पका कारण ध्वस्त बनेको विद्यालयका भौतिक संरचनाहरु पुन निर्माण हुन नसक्दा अस्थाई सिकाई केन्द्रमा कष्टपुर्ण तरिकाले अध्ययन गर्दै आएका विधार्थीहरु आधुनिक सुविधा सम्पन्न भवनमा अध्यन गर्न पाए संगै सुखी भएका छन् । हावा हुरी पानी को समस्याले धेरै दुखले अस्थाई सिकाई केन्द्रमा अध्ययन गर्दै आएका विधाथीहरु अहिले पक्कि भवन भित्र कुनै पनि डर विना ढुक्कले अध्यन गर्न थालेका छन् ।
गौरिशंकर गाँउपालिका वडा नं ६ चंखुमा रहेको यस भुमे गुम्वा माध्यमिक विद्यालयको विनासकारी भुकम्पका कारण भौतिक संरचाना पुर्ण रुपमा ध्वस्त भएसंगै भुकम्प गएको चार वर्ष पछि एसियाली विकास वैकको सहयोगमा २७ कोठे सुविधा सम्पन्न भवन निर्माण गरी विद्यालयलाई हस्ताणतरण गरिएको छ । एसियाली विकास वैँकको ८८ प्रतिशत र नेपाल सरकारको १२ प्रतिशत लगानीमा कुल ५ करोड ८९ लाख ३२ हजार ५८६ रुपौया ३० पैसाको लागतमा भवन निर्माण भएको हो । राष्ट्रीय पुन निर्माण प्राधिकारण जिल्ला कार्यन्वयन आयोजना इकाई दोलखाको सहकार्यमा निमाण कम्पनी मस्दीङ देवी युनाइटेड विल्डर्स संग सम्झौंता भई २०७४ असोज १० गतेवाट भवन निर्माण सुरु भई समयमानै निर्माण कार्य सम्पन्न भई विद्यालयलाई हस्ताण्तरण गरेको हो ।
दोलखा प्रतिनिधी सभाका सदस्य माननिय पार्वत गुरुङको प्रमुख आतिथ्यतामा राष्ट्रिय पुन निर्माण प्राधिकरण जिल्ला कार्यन्वय इकाई दोलखाले भवन निर्माण कार्य सम्पन्न भई सकेको भन्दै समुदायलाई हस्ताणतरण गरेको छ । भवन हस्ताणतरण गर्नु हुँदै माननिय सांसद पार्वत गुरुङले केन्द्रीय सरकारले शिक्षालाई विशेष प्राथमिकता दिएको बताउनु हुँदै प्रत्येक विद्यालयमा गुणस्तरीय शिक्षाको प्रवन्ध मिलाउन सवै लाग्नु पर्ने बताउनु भयो । संवृद्ध नेपाल निर्माणको लागि विधार्थीको महत्वपुर्ण भूमिका रहने भन्नुहँदै सामुदायीक विद्यालयमा भन्दा निजी विद्यालयमा विधार्थीको आर्षण बढेकाले सामुदायीक विद्यालयमा पनि प्रविधि अनुसार शौक्षिक पाठयक्रम विकास गर्नु पर्ने र स्थानिय सरकारले त्यसमा विशेष ध्यान दिनु पर्ने बताउनु भयो ।
२०१६ सालमा स्थापना भएको यस भुमे गुम्वा माध्यमिक विद्यालयमा हान २१७ जना विद्यार्थीहरु अध्यन गर्दै आई रहेका छन् । नयाँ भवन निर्माण भए संगै सामान्य हावा हुरी पानी पर्दा समेत अध्यानपन गराउन समस्या हुने र विद्यालय वन्द गर्नु पर्ने वाध्यताको अन्त भएको विद्यालयका प्रधानध्यापक कुमार गुरुङले बताउनु भयो । अस्थाई सिकाई केन्द्रमा अध्यान गर्दा विभिन्न कारणले विधार्थीहरुको पढाइमा समस्या पुग्ने गरेको र हाल ति समस्याहरुको समधान भई वस्नको लागि समेत राम्रो व्यवस्था भएको कारण विधार्थीहरु नियमीत विद्यालय आउन थालेको गुरुङले बताउनु भयो ।