दर्पण संवाददाता
श्रावण ७ चरिकोट,
घरेलु तथा साना उद्योग महासंघ दोलखाले जिल्लामा दक्ष प्राविधिकहरु उत्पादन गर्ने उदेश्यले इटा साइजको ढुंगा काटने तालिम संचालन गरेको छ ।
घरेलु तथा साना उद्योग महासंघ दोलखाले पहिलो पटक जिल्लाको कालिन्चोक गाउँपालिका र भिमेश्वर नगरपालिका भित्रका १३ जनालाई इटा साइजको ढुंगा काटने तालिम दिएको हो । १० दिन सम्म संचालन गरेको तालिममा ११ पुरुष र २ महिलाले तालिम लिएका छन् । ईटा साइजको ढुंगा काटने तालिमको लागि लघु घरेलु तथा साना उद्योग विकास कोषले सहयोग गरेको थियो ।
दोलखा जिल्लामा नै पहिलो पटक सिप सिकाई दक्ष प्राविधिक जनशतिmहरु तयार गरी आत्मा निरभर बनाउने तर उद्योगहरु स्थापना गर्ने उदेश्यले ढुंगा काटने तालिमको आयोजना गरेको महासंघका अध्यक्ष जंग गुरुङले बताउनु भयो । जिल्लामा काटेको ढुंगाको माग राम्रो भएको र उद्योगहरु स्थापना गर्ने महासंघको उदेश्य भएकाले तालिम लिएर उद्योग गर्न चाहने हरुका लागि विशेष अनुदानको लागि समेत पहल भई रहेको अध्यक्ष जंग गुरुङले बताउनु भयो ।

दश दिने तालिम लिएका प्राविधीकहरुलाई प्रमाण पत्र वितरण गनुहुँदै भिमेश्वर नगरपालिकाका मेयर भरत बहादुर केशीले यस्ता सिप सिकी रोजगारी सिर्जना गरी प्रयाप्त मात्रमा आम्दानी गर्न सकिने रहेकाले उद्योगहरु स्थापना गर्नको लागि नगरपालिकाले समेत प्रोत्साहन गर्ने बताउनु भयो । काटेको ढुंगाले निर्माण गरेको संरचनाहरु लामो समय सम्म केहि नहुने र परम्परागत मौलिकता झलकने हुँदा व्यवसायीक रुपमा नै यो पेशा संचालन गर्नु पर्ने घरेलु तथा साना उद्योग महासंघ प्रदेश नं ३ का सदस्य शुर्दशन कार्कीले बताउनु भयो ।
