प्रभु जिरेल
गौरिशंकर गाउँपालिका दोलखाको उत्तरी क्षेत्रमा अवस्थीत गाउँपालिका हो । पुर्वधारको तुलनामा अन्य गाउँपालिका भन्दा अलि पिछडिएको भएता पनि प्राकृतिक रुपमा जिल्लाकै नमुना गाँउपालिका मानिन्छ । यस गाँउपालिकामा पर्यटनको ठुलो सम्भावना रहेको छ । जलविधुतको राम्रो संभावना रहेको पाइन्छ भने करिव एक दर्जन हाइडोपावरहरु निर्माणको अन्तिम चरणमा रहेको पाइन्छ ।

यस गाउँपालिकामा वहुमुल्य जडिवुटीका साथै नेपालको समय निर्धारण गर्ने शिव पार्वतीको प्रतिकको रुपमा पुजा गरीने हिमाल गौरिशंकर हिमाल तथा रोल्वालिङ हिमश्रीङखलाहरु रहेको पाइन्छ । धेरै हिमताल तथा हिम नदिहरुले यहाँको सुन्दरतालाई अझ सुन्दर वनाएको छ ।


यस गाउँपालिकाको माथिल्लो भुभागमा नेपालकै लेपउन्मुख हिमचितुवा, कस्तुरी मृग डाँफे हरु सहजै पाउन सकिन्छ । जिल्लाकै पर्यटनको शैन्दर्यता बोकेको यो गाउँपालिकाले पर्यटन प्रर्वद्धनका गर्नुका लागि विभिन्न योजनाहरु समेत सारेको छ ।


गाँउपालिकाका विभिन्न क्षेत्रलाई पर्यटकिय गन्तव्यको रुपमा विकास गराउन र भई रहेको गन्तव्यहरुको अन्र्तराष्टिय रुपमानै प्रचार प्रसार गर्नका लागि गाँउपालिकाले विभिन्न गतिविधीहरु संचालन गरी रहेको गाउँपालिका अध्यक्ष स्वयम बहादुर खडुकाले बताउनु भयो ।






गौरिशंकर गाउँपालिका सुरीबाट देखिएको केहि दुष्यहरु
तस्विर प्रभु जिरेल