आवाज नेपाल दोलखालाई अन्तराष्ट्रिय समन्वय समाजको सहयोग

दर्पण संवाददाता
चरिकोट, ११ कार्तिक

महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्था आवज नेपाल दोलखालार्ई अन्र्तराष्ट्रिय समन्वय समाजले सहयोग गरेको छ ।

रोजगारीको शिलशिलामा विभिन्न देशमा वैदेशिक रोजगारीमा रहेका दोलखालीहरुको संस्था अन्र्तराष्ट्रिय समन्वय समाजले १५ हजार रुपैँया समन्वय समाज दोलखाका अध्यक्ष दिपेन्द्र अधिकारीले आवज नेपालकी प्रमुख सृजना कार्कीलाई हस्ताणतरण गर्नु भयो । रोजगारीको शिलशिलामा विदेशमा वस्दै आएका दोलखालीहरुले रकम संकलन गरी बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थालाई सहयोग गर्नु उदाहरणीय काम भएको भन्नुहुँदै रिटर्नी मइग्रेटका केन्द्रिय महासचिव लक्ष्मी प्रसाद आचार्यले व्यक्तिगत रुपमा नगर ५ हजार र समन्वय समाजका वरिष्ठ उपाध्यक्ष विजय दुलालले पनि व्यक्तिगत ५ हजार सहयोग गर्नु भएको छ ।

बैदेशिक रोजगारीमा होमिएका दोलखालीहरुलाई रोजगारीको शिलशिलामा आई परेको समस्यालाई समाधान गर्ने उद्धेश्यले २०७३ सालमा स्थापना भएको यो सामाजिक संस्थाले देश तथा विदेशमा पनि आर्थिक तथा अन्य भौतिक सहयोगहरु गर्दै आई रहेको छ ।

असाहय महिला तथा बालबालिकाको क्षेत्रमा विगत ५ बर्षदेखि दोलखा जिल्लामा काम गर्दै आएको आवज नेपालले हाल ८ जनाको पालनपोषण तथा हेरचाह गर्दै आएको छ भने हालसम्म ८ सय भन्दा बढि असाहय महिला तथा बालबालिकाको उद्धार गरी सकेको संस्थाका प्रमुख सृजना कार्कीले बताउनु भयो । संस्थामा अहिले पनि ८ जना असाहय बालबालिका रहेको र संस्थालाई सरकारी क्षेत्रबाट सहयोग नभएको हुँदा संचालनको लागि निकै समस्या भई रहेको प्रमुख कार्कीले गुनासो गर्नु भयो ।

अन्तर्राष्ट्रिय समन्वय समाजले आवाज नेपालकै कार्यालयमा आयोजना गरेको आर्थिक सहयोग हस्तान्तरण कार्यमा जम्मा रु। २५००० ९अक्षरुपी रु। पच्चीस हजार मात्र० समाजका निवर्तमान अध्यक्ष हरि खत्री तथा वर्तमान अध्यक्ष दिपेन्द्र अधिकारीको हात बाट संयोजक सिर्जना कार्कीलाई हस्तान्तरण गरिएको थियो ।