आयुर्वेद सेवाको प्रर्वद्धन गर्न पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न

आयुर्वेद सेवाको प्रर्वद्धन गर्न तथा महत्व र उपचार विधिबारे जानकारी गराउने उद्देश्यले चरिकोटमा जिल्लाका पत्रकारहरु विच अन्तरक्रिया कार्यक्रम चरिकोटमा सम्पन्न भएको छ ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय दोलखाले आयोजना तथा नेपाल पत्रकार महासंघ दोलखाको समन्वयमा पत्रकारहरूलाई आयुर्वेदको ज्ञान र नसर्ने रोगहरूबारे सचेतना प्रदान गरिएको थियो । कार्यक्रममा आर्थिक वर्ष २०८१÷८२ मा चिकित्सालयले सम्पादन गरेका कार्यहरूको विवरण कार्यलय प्रमुख मनोज चौधरीले प्रस्तुत गर्नु भएको थियो । वरिष्ठ कविराज विमल श्रेष्ठका अनुसार, यस आर्थिक वर्षमा बैशाख मसान्तसम्म ६२ प्रतिशत कार्य सम्पन्न भइसकेको छ र असार मसान्तसम्म बाँकी कार्य पूरा गर्ने लक्ष्य रहेको छ । बैशाख मसान्तसम्म २१ हजार ८ सय ५० जनालाई आयुर्वेदिक स्वास्थ्य सेवा प्रदान गरिएको पनि श्रेष्ठले जानकारी दिनुभयो ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सञ्चालक समितिका अध्यक्ष राजन बस्नेतको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा दोलखाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमलाई सम्वोधन गर्नुहुँर्द प्रमुख जिल्ला अधिकारी गेलालले आयुर्वेद स्वास्थ्य क्षत्रमा नागरिकहरुको आकर्षण वढदै गएको र यसको प्रभावकारीताको वारेमा आम नागरिकहरुलाई सहि सुचना प्रदान गरी यसको प्रभावकारीता बढाउनुपर्ने बताउनु भयो । कार्यालय प्रमुख मनोज कुमार चौधरीले आर्थिक वर्षमा कार्यालयले प्राप्त गरेको कार्य प्रगतिको बारेमा प्रस्तुतीकरण दिनुभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष प्रभु जिरेल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा जिल्लामा क्रियाशिल करिव ३० जना संचारकर्मीहरुको सहभागीता रहेको थियो ।