असार ६ दोलखा
सानै उमेरबाट साहित्यमा जमेका भुवन शिवाकोटी चौघरेले आईतवार दोलखा सदरमुकाम चरिकोटमा आफ्नो अर्को प्रतिभाको परिचय दिएका छन् नखोस मेरा यादहरु आधुनिक गीति संग्रह सार्वजनिक गरेर ।
लोक दोहोरीको जमानामा पीडा भरीएको आधुनिक गीत रहेको नखोस मेरो यादहरु गीति संग्रहले बजारमा ठूलै संघर्ष गर्नु पर्ने भएपनि एलबममा रहेको गीतहरुले हरेक उमेर समूहको मानिसको मन मष्तिस्कमा छुट्टै छाप छोड्न सक्ने कुरामा आफु विश्वसत रहेको गीतकार, संगीतकार एवं गायक भुवन शिवाकोटी चौघरे बताउछन् ।
सुनिता शिवाकोटी निर्माता, राम कार्की एरेन्जर र समिर कार्कीको रेकडिस्ट मिक्सिङ रहेको भुवनको नखोस मेरो यादहरु गीति संग्रहमा टाईटल गीत नखोस मेरा यादहरु, नरोई बस्छु भन्थे म त, तिमिलाई जति माया, किन हुन्छ त्यसै उज्यालो, मेरो अनिदो रात बोलका गीतहरु रहेका छन् ।
भुवन शिवाकोटी चौघरेकै शब्द र संगित रहेको नखोस मेरा यादहरु गीति संग्रहको लोर्कापण दोलखा भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले गर्नु भएको थियो । बिष्णु लक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाको समन्वयमा भएको लोर्कापण कार्यक्रममा नगरप्रमुख भरत केसी, सहायक प्रमुख जिल्ला अधिकारी सुरेश आचार्य, बिष्णु लक्ष्मी साहित्यिक पुरस्कार समितिका संरक्षक चिरञ्जीवी मास्के, अध्यक्ष विष्णु सुवेदी र गितकार भुवन शिवाकोटी चौघरेले मन्तव्य व्यक्त गर्नु भएको थियो ।