
दर्पण संवाददाता
वैशाख १०, जिरी
दोलखाको जिरी नगरपालिकामा आजबाट आठौँ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु भएको छ ।
जिल्ला खेलकुद विकास समिती दोलखाको आयोजना र जिरीमावि जिरीको व्यवस्थापनमा जिरीमाविको खेलमैदानमा जिल्ला स्तरीय आठौँ राष्ट्रपती रनिङ सिल्ड तथा अन्तर पालिका छनोट खेलकुद प्रतियोगिताको सुरु भएको हो । जिल्ला खेलकुद समन्वय समिती दोलखाका अध्यक्ष तथा जिल्ला समन्वय समिती दोलखाका प्रमुख डवल पाण्डेको अध्यक्षतामा सुुरु भएको प्रतियोगिताको उदघाटन बागमती प्रदेश सदस्य माननिय पशुपती चौलागाईले गर्नुभएको छ ।

खेलको उदघाटन गर्नुहुँदै सांसद चौलागाईले पर्यटकीय नगरी जिरी र खेल खेलकुदको विशेष सम्वन्ध रहेको र खेलको माध्यमबाट जिरीमा पर्यटन पर्वद्धन गर्न सकिने बताउनु भयो । अन्य विकास जस्तै खेलकुदको विकासका लागि प्रदेश सरकार सदैव साथमा रहेको बताउनुहुँदै जिल्लाको खेल क्षत्रको विकासका लागि आवश्यक समन्वय गर्ने बताउनु भयो । जिरीलाई महत्व दिँदै जिल्ला स्तरीय खेल जिरीमा आयोजना गरी जिरीलाई अवसर प्रदान गरेकोमा आयोजक प्रति धन्यवाद ब्यक्त गर्नुहँुदै सवै खेलाडि तथा पाहुनहरुलाई जिरीमा नगर प्रमुख टंक जिरेलले स्वागत गर्नु भएको थियो ।

आजबाट सुरु भएको प्रतियोगितामा दोलखा जिल्लाका आठ ओटा गाँउपालिकाको खेलाडीहरु सहभागी बनेको छ । खेलमा जिल्लाको शैलुङ गाउँपालिकाले सहभागिता जनाएको छैन् । खेल १२ गते सम्म संचालन गरिने आयोजकले जनाएको छ । खेलमा प्रथम हुने समुहलाई नगद २५ हजार सिल्ड मेडल र प्रमाणपत्र, द्धितिय हुने समुहलाई नगद १५ हजार शिल्ड मेडल र प्रमाणपत्र, तेस्रो हुने समुहलाई नगद १० हजार शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने जिल्ला खेलकुल विकास समिती दोलखाले जनाएको छ । राष्ट्रपती रनिङ सिल्ड प्रतियोगिता आयोजना गनैपर्ने र कोरोना महामारी फैलिरहको अवस्थामा त्यसको जोखिमलाई मध्यनज गरी खेलाडीहरुको मात्र सहभागितामा खेलकुद कार्यक्रमको आयोजना गरिएको जिल्ला खेलकुद विकास समिती दोलखाका अध्यक्ष रोहित खडकाले बताउनु भयो ।


