आजबाट दोलखामा कोरोनाको खोप लगाउन सुरु

दर्पण संवाददाता
चरिकोट माघ १४

कोरोना भाइरस विरुद्धको खोप आजबाट दोलखामा पनि लगाउन सुरु गरेको छ।
चरिकोट अस्पतालमा खोप आजबाट लगाउन सुरु गरेको हो । चरिकोट अस्पतालका निर्देशक डा बिनोद डंगोललाई खोप लगाएर कोरोना विरुद्धको खोपको सुरुवात गरेको हो । दोलखाको चरिकोट अस्पताल र जिरि अस्पताल बाट खोप लगाउन सकिने ब्यबस्था मिलाएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख बिभु झाले बताउनु भयो । जिल्ला समन्वय समिती दोलखाका प्रमुख डबल पाण्डे , नगर प्रमुख भएअत केसि, प्रमुख जिल्ला अधिकारि रमेश शिवाकोटी को उपस्थितिमा डा बिनोद डंगोल, डा बिभु झा , डा रिना लगाएत लाई खोप लगाएर कोरोनाको निशुल्क कोरोना खोपको सुरुवात गएको हो ।

जिल्लामा प्राप्त खोप स्वास्थ्य कर्मी, सवारी चालक, सुरक्षाकर्मी संचारकर्मी तथा अग्रपंतीमा काम गनेहरुका लागि पहिलो चरणमा चरिकोट अस्पतालबाट २ हजार १ सय ४० जनालाई र जिरी अस्पतालबाट चार सय जनालाई लगाउने तयारी गरिएको छ । आजदेखी चरिकोट अस्पतालमा सुरु भएको खोपमा ७ सय ७७ जना स्वास्थ्यकर्मी, १ हजार २ सय ५५ जना महिला स्वास्थ्य स्वयमसेवीका, ५६ जना सुरक्षाकर्मी, ५२ जना सरसफाइकर्मी तथा सवारी चालकहरुलाई निशुल्क खोप लगाउने तयारी गरिएको छ ।