दर्पण संवाददाता
जिरी, १५ मङ्सिर
हिमाली जिल्ला दोलखाको सुन्दर पहाडहरुको काखमा चारैतिर जंगलले घेरेको जिरी बजार नेपालको एक पर्याटकिय गन्तव्य हो । चिसो हावापानी सफा सहर र प्राकृतीक मनोरम दृष्य रहेको जिरी बजारले सवैको मन लोभ्याई रहेको हुन्छ । त्यसकारण दोलखा आउने जो कोहि पर्याटक जिरी नपुगी फर्कने सायदै कम हुन्छन् । दोलखाको चरिकोटबाट ५८ किलोमिटरको दुरीमा जिरी पुग्न सकिन्छ ।
सुजरल्याण्डको जुरीज सहर संग मिल्दो हावापानी तथा भुबनावटको कारण नेपालको सुजरल्याण्को नामले समेत परिचित दोलखाको जिरीको सैन्दर्यता २०७२ सालमा आएको विनासकारी भूकम्पका कारण ध्वस्त वन्न पुुगेको थियो । परम्रागत शैलीमा निर्माण गरिएको आकर्षक डिजाइनका घरहरु जिरी घुम्न आउने पर्याटकका लागि नमुना रहेको भएत पनि भुकम्पले ती सम्पुर्ण संरचनाहरु ध्वस्त भएका थिए । स्वदेशी तथा विदेशी पर्याटकको चहलपहल जिरीमा रामै्र हुने गरेको भएता पनि भुकम्प पछि जिरी बजार सुनसान जस्तै बनेको थियो । भूकम्पका कारण होटलहरु समेत क्षेती पुगेको हुँला जिरी आउने आन्तरीक तथा वाह्य पर्याटक शुन्य जस्तै भएका थिए ।
२०७२ सालमा आएको विनाशकारी भुकम्पका कारण ध्वस्त वनेको सुन्दर पर्याटकीय नगर जिरी बजार पुरानो स्वरुप वदल्दै नयाँ स्वरुपमा निर्माण भएको छ । भूकम्पले ध्वस्त भएको जिरी बजार पुरानो संरचनामा नभई घर देखी सडक सम्म नयाँ तथा आधुनीक तरिकाले निर्माण भएको छ । पुरानो ढुंगा माटोले बनेका होटलहरु भत्कीए पछि करोडौँको लगानीमा आधुनिक तथा सुबिधा सम्पन्न होटलहरु संचालनमा आएका छन् ।
पुराना घरहरु भत्कीए पछि सिमेन्ट रडको प्रायोग गरी पक्की घरहरु निर्माण भएका छन् । साँघुरो सडक अहिले फराकीलो दुई लेनको वनेको छ भने हिडनका लागि फराकिलो सडक पेटीको व्यवस्था गरिएको छ । जिरी नगरापलिको व्यवस्थापनमा बजार सफा र सुन्दर देखिन्छ भने सवारी पार्किङका लागि खुल्ला ठाँउको राम्रो व्यवस्था गरिएको छ ।

भुकम्प पछि सुनसान रहेको जिरी बजार आधुनीक डिजाइन सहित पुन निर्माण भए संगै चहलपहल फेरी सुरु भएको छ । जिरीमा घुम्न अहिले स्वदेशी मात्र नभई विदेशी पर्याटक समेत पुग्न थालेका छन् । केहि वर्ष देखि जिरी बजार सुनसान भएता पनि भूकम्प पछिको पुन निर्माण संगै जिरी आँउने पर्याटकहरुको संख्यामा वृद्धि हुँदै गएको होटल व्यवसायी केशर जिरेलले बताउनु भयो ।

जिरी नगरापालिकाले पनि जिरीलाई नेपालकै एक पर्याटकिय गन्तव्यको रुपमा विकास गर्न लागि परेको छ । नगरपालिकाले किल्न जिरी, ग्रिन जिरी र आर्गनीक जिरीको नारा लिएर काम गरि रहेको जिरी नगर प्रमुख टंक जिरेलले बताउनु भयो । पहाडको विचमा चिसो हावापानी प्रकृतीक मनोरम दुष्य अवलोकन गर्न तथा आर्गनीक खाना खानाको लागि पर्याटकलाई जिरी गन्तव्य वनाउने जिरी नरपालिकाको योजना रहेको नगर प्रमुख जिरेलले बताउनु भयो । जिरी नगरपालिकाले पर्याटकलाई लक्षित गरि जिरीमा कृतिम जिरी ताल समेत निर्माण गर्न लागेको छ ।
प्राविधिक शिक्षालय स्विर सरकारले पुन निर्माण गर्दै
दोलखाको जिरीमा स्वीस सरकारको सहयोगमा स्थापना गरिएको जिरी प्राविधिक शिक्षालयको पुन निर्माणमा पुन स्विर सरकारले सहयोग गरेको छ । भुकम्पका कारण क्षेती पुगेका भवनहरु स्विर सरकारको सहयोगमा पुन निर्माण भई रहेको छ । स्विर सरकारले शिक्षालयमा ९ करोड ११ लाखको लागतमा भवनहरु निर्माण गरि रहेको छ । निर्माणधिन भवनको काम करिव ९० प्रतिशत सकिएको निर्माण कम्पनिले जनाएको छ । जिरी प्राविधिक शिक्षालयमा हाल डिप्लोमा तहमा ओभरसियर, कृषि विज्ञान र पशु विज्ञान तथा प्राविधिक एसइइ तहमा कृषि बाली विज्ञान जेटिए, पशु विज्ञान जेटिए, सव ओभरसियर अनमी गरी चार विषयमा अध्यान हुँदै आएको छ ।