चरिकोट, ३ मङसिर
अवैध रुपमा चोरी निकासी गरी लैजाँदै गर्दा ठिग्रे सल्लाको काठ सहित दोलखा प्रहरीले आज ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा साहु गौरीशंकर गाँउपालिका वडा नं. ३ का रोशन कार्की, सोहि स्थानका सुन्दर कार्की र कैलाश खड्का रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
बा ४ ख ४२९७ नं को ट्रकमा २७१ थान चिरान ठिग्रे सल्लाको काठ जिरी नगरपालिकाको हाटडाँडाबाट जिरी बजार तर्फ लैजादै गर्दा पक्राउ गरिएको प्रहरी निरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनु भयो । वरामद गरेको काठ इलाका वन डिभिजन कार्यलय जिरीमा बुझाएको प्रहरीले जनाएको छ ।