अविचलित राजनीतिक यात्रामा भरत के.सी.

दोलखाको राजनीतिक तथा सामाजिक क्षेत्रमा भरत के.सी. चिरपरिचित नाम हो । पछिल्लो अवधीमा राष्ट्रिय स्तरमा समेत परिचित हुनुहुन्छ । मुलुकको सवैभन्दा ठुलो राजनीतिक दल नेकपा एमालले भरत के.सी.लाई प्रदेश सभा निम्ती दोलखाको ‘ख’ बाट उम्मेदवार वनाए पछि अझ चर्चामा रहनु भएको छ । दोलखाको प्रदेश सभा ‘ख’ मा भीमेश्वर नगरपालिका र ३ वटा गाउँपालिका (शैलुङ, कालिञ्चोक र विगु) पर्दछन् । यहाँ ३४ वडा रहेका छन् ।
नेकपा एमालेवाट प्रस्तावित प्रदेश सांसद भरत केसीको स्वभाव चिल्ला कुरा गरी मानिसलाई अल्मल्याउने बानी छैन । खरो वा हक्की कुरा गर्ने छबिवाट परिचित हुनुहुन्छ । उच्च तथा प्रभाविलो व्यक्तित्व रहेको छ । विकासमा दिर्घकालिन सोच वोकेको नेताहरुको रुपमा आफ्नो पहिचान वनाउनु भएको छ ।

कुशलतापूर्वक भीमेश्वर नगरको नेतृत्व

भरत के.सी. २०७४ सालको स्थानीय तहको निर्वाचनमा भीमेश्वर नगरपालिकाको प्रमुख पदको प्रत्यासी हुनु भएको थियो । प्रत्यासी मात्र हैन अत्यधिक मत प्राप्त गरी विजय हुुनु भयो । नगर प्रमुखको हैसियतले नगरपालिकामा छिरोल्लीएको विकासलाई एकिकृत गर्ने प्रयास गर्नु भयो । आफ्नो नेतृत्वमा वहिगंम दृष्टिकोण सहित समृद्ध भीमेश्वर वनाउने रणनीति योजनाको खाका कोर्नु भयो । भीमेश्वर नगरपालिकामा रहेका ९ वडाहरुलाई अलग अलग पहिचान दिने योजनाको तर्जुमा र कार्यान्वयनको आरम्भ गराउनु भयो । उहाँ र उहाँको निर्वाचित टिमले भीमेश्वर नगरपालिकाको स्वरुप परिवर्तनका आधार तयार गर्न सफल भएको देखिन्छ ।

भरत के.सी.को नेतृत्वमा भएको टिमले भीमेश्वर नगरपालिका वडा नं. १ मा थामी संग्राहालय, सुन्द्रावती मार्ग, भ्यूटावर संग्राहलय, हाइकिङ्ग रुट र एकिकृत वस्ती, वडा नंं २ मा चम्पुजा तथा मञ्जुश्री पार्क, मुद्रा संग्राहलय, वडा नं. ३ मा खुल्ला चिडियाखाना, कभर्डहल, रंगाशाला र सपिङ्ग कम्प्लेक्स, वडा नं. ४ मा टहलेश्वर महादेव मन्दीर, महाँकाल वृन्दावन, पाण्डव पार्क र नमुना एकिकृत वस्ती, वडा नंं. ५ मा महाङ्गकाल मन्दीरको लागि जग्गा व्यवस्थापन एवं मन्दिर निर्माण, मयूर तथा साइन्स पार्क, वडा नं. ६ मा भ्यूटावर, विश्व शान्ती वुद्ध पार्क, हिमालयन इन्स्टीच्यूट अफ साइन्स एकेडेमी वडा नं. ७ औद्योगिक ग्राम र वडा नं. ८ हात्ति छहरा पदमार्ग निर्माण भएका छन् त्यसै गरी वडा नं. ९ मा शिव पोखरी, सूचनामूलक प्रवेशद्वार र फिल्म सिटीसँग सम्वन्धी आधारभुत कामहरु अगाडी वढेका छन् । भीमेश्वर नगर भित्र ४६७ किलोमिटर सडक निर्माण भएको छ । १५ किमि भन्दा वढि सडक ढलान र कालोपत्रे भएका छन् । २८१ किमि भन्दा वढि नगर भित्रको सडकमा वाह्ै महिना गाडी चल्न सक्ने अवस्था रहेको छ ।

वजार क्षेत्रलाई उज्यालो शहर वनाउने अभियान अन्तरगत सडक वत्तिहरुको प्रवन्ध गरिएको थियो । त्यसै गरी शुद्ध खानेपानी तथा ढल एवं फोहोर प्रशोधनमा कोशेढुँगा सावित हुने वहुआयमिक परियोजनाहरु आरम्भ गरिएकोे थियो । यी कार्यक्रमहरु धेरै जसो रणनीतिक दृष्टिकोण राख्ने विशेष महत्वका रहेका छन् । नगरपालिकामा जो सुकै नेतृत्वमा आएता पनि यी कार्यक्रम सञ्चालन गर्नुको विकल्प देखिदैन ।

भौतिक पूर्वाधारको अलावा शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयका ६ कक्षासम्मका विधार्थीलाई निशुल्क पोशाकको व्यवस्था गरिएको थियो । ४३ वटा विद्यालय भवन निर्माण भए । भीमेश्वर क्षेत्रको सामाजिक सांस्कृतिक पहिचान सहितको पाठ्यक्रम तयार गरिएको छ । ७५ वर्ष नाघेको ज्येष्ठ नागरिकहरुलाई दशैंको मुखैमा चाडवाड खर्च भनी सामाजिक सुरक्षा भन्दा थप रु १ हजार वितरण गरिएको थियो ।

अविराम राजनीतिक यात्रा माध्यमिक विद्यालय तहको शिक्षा भीम मा.वी. दोलखामा अध्ययन गर्दा देखि नैं राजनीतिमा होमिनु भएको थियो । काठमाडौंमा ‘ल कलेज’ अध्ययन गर्दा अनेरास्ववियूमा सक्रिय हुनुभयो । २०४५ साल देखि दोलखाको भूगोलको राजनीतिमा क्रियाशिल हुनुभयो । पहिलो जनआन्दोलनमा सकृय हुनु भयो । कम्युनिष्ट पार्टीको सदस्य २०४७ सालमा बन्नु भयो । २०४९ सालको स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेबाट तत्कालिन चरिकोट गाविसको अध्यक्ष पदमा प्रत्याशी हुनु भयो तर नतिजा उहाँको पोल्टामा पर्न सकेन ।

२०५० साल देखि नेकपा एमाले जिल्ला कमिटीको सदस्य भैं कार्य गर्नु भयो । नेकपा एमालेको जनवर्गिय संगठन राष्ट्रिय जनसांस्कृतिक मञ्चको सचिव र अध्यक्षको भूमिका कुशलतापूर्वक निर्वाह गर्नु भएको थियो । नेकपा एमाले दोलखाको सदस्य, सचिवालय सदस्य, उपसचिव तथा सचिव समेत भैसक्नु भएको छ । अहिले नेकपा एमाले वाग्मती प्रदेश कमिटीको जिम्मेवारी सम्हालिरहनु भएको छ । उहाँले नेकपा एमालेको राष्ट्रिय महाधिवेशनमा पटक पटक प्रतिनिधित्व गरिसक्नु भएको छ ।

नेपाल खेलकुद महासंघको उपाध्यक्ष र वागमती प्रदेश प्रमुख भैं कार्यसम्पादन गरिसक्नु भएको छ । २०५१, २०५६, २०६४, २०७० र २०७४ का आमनिर्वाचनहरुमा निर्वाचन क्षेत्र स्तरिय कमान्डर भैं निर्वाचन हाँक्नु भएको अनुभव रहेको छ । अधिकांश निर्वाचन एमाले पोल्टामा पार्न सफल हुनु भयो । अहिले आफैं निर्वाचनमा होमिनु भएको छ । सार्वजनिक जीवनको यात्रा २०४९ को स्थानीय निकायको निर्वाचनमा एमालेवाट तत्कालिन चरिकोट गाविसको अध्यक्ष पदमा उत्रनु भयो । सफलता मिलेन । तर पराजयले विचलनमा पारेन । २०५४ मा भएको स्थानीय निकायको निर्वाचनमा नगर सदस्य निर्वाचित हुँदै जिल्ला विकास समिति दोलखाको सदस्य हुनु भयो । त्यो बेलाको जिविसको रणनीतिक योजनाको पेरीफेरीमा अहिले दोलखाको विकास चलेको मान्ने गरिन्छ ।

नेपालको पछिल्लो संविधान पछि पहिलो पटक भएको स्थानीय तहको निर्वाचनमा भीमेश्वरको नगर प्रमुखमा विजय हुनु भयो । मुलुकभरका नगरपालिकाहरुको छाता संस्था नेपाल नगरपालिका संघको वागमती प्रदेशको संयोजक एवं केन्द्रीय सदस्य हुने मौका पाउनु भयो । जसवाट नेपाल भरका नगरपालिकाले सञ्चालन गरेको नविनतम् विकास निर्माण तथा आयोजनालाई नजिकवाट नियाल्ने मौका पाउनु भयो ।

नगरको नेतृत्वको हैसियतले तथा व्यक्तिगत पहलमा अमेरिका, कोरिया, चिन ‘. लगायतका देशहरुमा भ्रमण गरी विकासका मोडलहरु हेर्ने मौका पाउनु भएको छ । त्यसको सिकाई आफु नेतृत्व हुँदा सिर्जनात्मक रुपमा प्रयोगका लागि कोशिस गर्नु भयो । सांसदको भूमिकामा अवको यात्रा स्थानीय तहको विकासको आरम्भ गर्ने मौका पाउनु भयो । कुशलतापूर्वक कार्यसम्पादन पनि गर्नु भयो । उहाँ दोलखामा सफल कानून व्यवसायी पनि हुनुहुन्थ्यो । सकृय सार्वजनिक पद प्राप्ती पछि सो व्यवसाय छाडेर निरन्तर राजनीतिक यात्रामा हुनु हुन्छ । तथापी उहाँ कानून विद् हुनुहुन्छ ।

विकासकर्ता र कानुन विद्को अनुभव लिएर प्रदेश सांसदको लागि निर्वाचनमा होमिनु भएको छ । सांसदको मूख्य काम जनमैत्री कानून वनाउने हो । राम्रो कानून वनाउने मात्र हैन राम्रोसँग बनाउने पनि हो । अनी विकास निर्माणलाई पद्धतीगत गराउन नीति वनाउने हो । यसमा भरत केसीसँगको अनुभव सहायकसिद्ध हुनसक्नेछ । स्थानीय तहमा रहेर काम गर्दाको अनुभव र चुनौतीलाई सम्वोधन गर्ने मौका उहाँलाइ रहनेछ ।

धेरै साँसदहरुले स्थानीय तहको विकासको अगुवाईको अवसर पाएका हुँदैनन् । केवल ‘जानीसुन्ने’ मात्र हुन्छन् तर भरत केसी ‘गरिजान्नेमा’ पर्नु हुन्छ । विकासको वेथितिलाई कसरी थिती वसाउने विषयमा नगर प्रमुखको अनुभव छ भने कानून कसरी वनाउने भन्ने सन्दर्भमा कानून विद्को दख्खल छँदैछ । त्यसकारण भरत केसीको प्रदेश सभाको यात्रा उहाँको लागि मात्र नभै यो प्रदेशको निम्ति नैं अनुकरणीय हुन सक्नेछ ।