अर्जुन तामाङको अध्यक्षतामा फोनिज दोलखामा नयाँ कार्य समिती चयन

चरिकोट । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) दोलखामा नयाँ नेतृत्व चयन भएको छ । शनिबार सदरमुकाम चरिकोटमा सम्पन्न भएको पाँचौ अधिवेशनबाट अर्जुन तामाङको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिती चयन भएको हो ।

तामाङले दोस्रो कार्यकाल दोहोर्याएका हुन् । कार्यसमितिको उपाध्यक्षमा धनराज तामाङ, कोषाध्यक्षमा राजकुमार भुजेल, सचिवमा मार्मेन तामाङ र सहसचिवमा किशोर कुमार गुरुङ चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा क्रमशः दावा तामाङ, सुजन थामि, प्रेम कुमार तामाङ र मुना गरुङ चयन भएका छन् । तामाङको अध्यक्षतामा नयाँ समिती चयन भएको निर्वाचन समितिका संयोजक अधिवक्ता राजेन्द्र नारायण श्रेष्ठले बताउनु भयो ।

फोनिज दोलखाको पाँचौ जिल्ला अधिवेशनको उद्घाटन मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार तामाङले गर्नु भएको थियो । कार्यक्रममा फोनिजका पुर्व अध्यक्ष तथा नेपाल पत्रकार महासंघ दोलखाका नवनिर्वाचित अध्यक्ष प्रभु जिरेल, सह सचिव गोविन्द थामी, बागमती प्रदेश सदस्य राजन थामी र केन्द्रीय सदस्य लक्ष्मण थामीलाई बधाईसहति सम्मान गरिएको थियो ।

यस्तै फोनिज दोलखाले संस्थाको विभन्न अभियानमा सहयोग गर्ने स्थानिय सरकार मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार थोकर, भीमेश्वर नगरपालिकाको उप प्रमुख कमला बस्नेत र बिगु गाउँपालिकाको उपाध्यक्ष देविका थामीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठ, प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य चिरञ्जीवि मास्के, फोनिज दोलखाका संस्थापक अध्यक्ष जीवन लामा, जनजाति महासंघ दोलखाका अध्यक्ष जंग गुरुङ, प्रेस सेन्टर नेपाल, प्रेस युनियन दोलखाका अध्यक्ष सुजन काफ्ले, प्रेस चौतारी दोलखाका सचिव तारा महत लगाएतले शुभकामना व्यक्त गर्नु भएको थियो ।